शिबराज पन्थी/सिधा-पत्र कर्मी मंगलबार, पुष ०५, २०७९

दाङ । गत साउन ५ का दिन गढवा गाउँपालिकाको शिक्षा शाखाले पालिकाभरका सरकारी बिद्यालयका प्रधानाध्यापकहरु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु र शिक्षा सरोकारवालाहरु सबैलाई भेला गर्यो । भेलामा पालिकाभरका विद्यालयहरुको जग्गा आफ्नो नाममा नभएका कारणले विद्यालयहरुलाई समस्यामा पारेको बिषयमा गहिरो मन्थन गरियो ।

विद्यालयको नाममा लालपुर्जा नभएका कारण संघ र प्रदेश सरकारबाट प्रकाशित हुने सुचनाकालागि प्रस्तावना पेशगर्न कठिनाई भएको भेलामा बृहत्त छलफल भयो । भेलाले जनता माध्यमिक विद्यालयका अध्यक्ष युबराज पोखे्रलको संयोजकत्वमा ९ सदस्यिय सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समिति गठन गर्यो । सो समितिले निकै गहिराईमा पुगेर ठिक ५ महिना अवधीमा २५ विद्यालयहरुको कुल ९१ बिगाह ७ कठ्ठा ८ घुर जग्गा ब्यवस्थापन गरि काम सकाएर पालिकाको सभाहलमै पत्रकार सम्मेलन गरि आफूले गरेका कामहरु सार्वजनिक गरेको छ ।

सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समितिले मालपोत कार्यालय लमही दाङमा जग्गा सुचिकरण गरेको बैधानीक प्रमाण गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रललाई हस्तान्तरण समेत गरेको छ । जग्गा ब्यवस्थापन नभएका कारण भौतिक पुर्वाधारका लागि समस्या थियो । पुर्वाधारको अन्तरसम्बन्ध बिद्यालयको गुणस्तरसंग जोडिएको हुन्छ । बिद्यालयहरुको जग्गा मालपोतमा अभिलेखिकरण भएपछि अब ठूलो आधार भएको छ । लालपूर्जा प्राप्तिकालागि गाउँपालिकाबाट क्याबिनेट सम्मको पहल गर्ने छौं । जग्गा ब्यवस्थापन समितिले उदाहरणीय र ऐतिहासीक काम गरेको भन्दै गाउँपालिकाका अध्यक्ष पोख्रेलले धन्यावाद दिनुभयो । अब हामी यसैगरी नै भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरकालागि रणनीतीक योजना बनाएर अगाडी बढ्ने छौं–गाउँपालिकाका अध्यक्ष पोखे्रलले भन्नुभयो ।

यत्ति छोटो समयमा यत्तिका बिद्यालयहरुको जग्गा ब्यवस्थापन गर्न सफल भयौं । यो काम चानचुने काम थिएन यद्यपि काम गर्ने क्रममा ५ महिना सम्म स्थानीय सरकार,गाउँपालिकाका पुर्व अध्यक्ष र पुर्व सांसद एवं स्थानीय सामाजिक अभियन्ता र शिक्षाप्रेमीहरुबाट निरन्तर सहयोग पाएर सफल भएको र दस्तावेजलाई अभिलेखिकरण गर्न सकिएको जग्गा ब्यवस्थापन समितिका संयोजक युवराज पोखे्रलले भन्नुभयो । समितिले मालपोत कार्यालयमा सुचिकृत गरेका जग्गाहरुमा आधारभूत बिद्यालय बनघुस्रीको नाममा ५ बिगाह १६ कठ्ठा ४ धुर, आदर्श प्राबि बडहराको नाममा ७ बिगाह ६ कठ्ठा ४ धुर,माध्यमिक बिद्यालय पचहियाको नाममा १२ कठ्ठा,रात्री प्राबि पचहियाको नाममा १५ कठ्ठा,नमूना प्राबि महदेवाको नाममा ५ कठ्ठा, आदर्श रात्री आबि गोवरडिहाको नाममा २ बिगाह ९ कठ्ठा, सरस्वती प्राबि सुपैलाको ३ बिगाह र कालिका प्राबि पर्सेनीको नाममा १५ कठ्ठा जग्गा मालपोत कार्यालयमा सुचिकृत गरिएको जग्गा ब्यवस्थापन समितिले जानकारी दिएको छ ।

यसैगरी मदरासा अहले सुन्नत दारुसलामको नाममा ३ कठ्ठा ९ धुर,प्राबि खजरौटाको नाममा २ बिगाह १० कठ्ठा,आधारभूत बिद्यालय कक्रहवाको १ बिगाह १० कठ्ठा,माबि चैनपुरको १ बिगाह,बालकल्याण अहाधारभूत बिद्यालयको नाममा २ बिगाह १० कठ्ठा, मदरसा रामपुरको नाममा ३ बिगाह १० कठ्ठा,जनता माध्यमिक बिद्यालय गढवाको नाममा ४१ बिगाह ३ कठ्ठा ६ धुर,सरस्वती आबि चन्दनपुरको नाममा ४ बिगाह ३ कठ्ठा १६ धुर, ज्ञानज्योति प्राबि मानपुरको १५ कठ्ठा,उदय प्राबि मुसीनाकाको नाममा १५ कठ्ठा,महशेन्द्र आबि कोइलाबासको नाममा २ बिगाह,दुर्गा प्राबि खबरीनाकाको १० कठ्ठा,जनमुखि आबि रङ्सिङको नाममा १५ कठ्ठा,गणेश प्राबि चिमचिमेको नाममा ८ कठ्ठा,सर्बोदय प्राबि गढवाको नाममा १ बिगाह १० कठ्ठा र बालबुद्धि प्राबि खबरीखुटीको नाममा १ बिगाह १० कठ्ठा जग्गा मालपोत कार्यलयको अभिलेखमा सुचिकृत गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

गढवा गाउँपालिकाका बाकी ४ बिद्यालयहरु जनता माबि कालाकाटे,रत्न प्राबि,दिपेन्द्र होमजून माबि र सरस्वती माबि गोबरडिहाको जग्गा सम्बन्धि कुनै समस्या नदेखिएको समितिले बताएको छ । जग्गा ब्यवस्थापन समितिमा संयोजक युवराज पोखे्रल र सदस्यहरुमा हुमाकान्त सुवेदी,रामसुरत यादव,हेमन्त चौधरी,गोबिन्द केसी, चित्रबहादुर रावत, अतिउल्ला मनिहार,सुब बहादुर कुमाल र राधेश्यामभ थारुकुमाल रहनुभएको गढवा गाउँपालिका शिक्षा प्रमुख श्याम बिकले जानकारी दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]