तिर्थराज ज्ञवाली बिहिबार, पुष ०७, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं १ मा पर्ने कुलपानी सामुदायिक वन समुहको कार्यसमिति तथा स्थानिय द्धारा बन अनुगमन तथा निरीक्षण गरिएको छ ।

वनको अवस्थाको पहिचान र समुहका उपाभोक्ताको काठमा आधारीत मागलाई पुरागर्ने उदेश्यले बनमा रहेका ढलापला काठहरुको तथ्याङ दिनका लागि वन अनुगमन तथा निरीक्षण गरिएको हो ।वन समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको वन अनुगमन तथा निरीक्षण पश्चात वन क्षेत्रमै बसेको बैठकले वन क्षेत्रको ५ वटा खण्डमा भेटिएका ढलापला साल तथा अन्य जातका काठको नाप जोखगरी प्रतिबेदन वन कार्यालयलाई बुझाउने र नियमानुसार उपभोक्ताको मागका आधारमा वितरण गर्ने निर्णय गरिएको छ ।त्यस्तै बैठकको समुहको बस्तुगत विवरण प्रोफाईल निर्माण गर्ने, उपभोक्ताको सम्पन्नता स्तरिकरण गर्ने, टोल भेला गर्ने, स्मारीका प्रकाशन गर्ने लगायतको निर्णय गरेको उपाध्यक्ष राकेश शर्माले जानकारी दिनु भएको छ ।विभिन्न टोलि बनाई गरिएको वन क्षेत्रको वन अनुगमन तथा निरीक्षणका क्रममा वन पैदावारको चोरी नियन्त्रणका लागि उपभोक्तालाई सम्झाउने बुझाउने साथै बन्य जन्तुको संरक्षणका लागि बन्यजन्तु मार्ग पहिचान गरिएको थियो । वन अनुगमन तथा निरीक्षणका क्रममा सव डिभिजन कार्यलय कालाकाटेका राम बहादुर विक लगायतको उपस्थीति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]