नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल समाहित

काठमाडौं । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । आज सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका […]

पुर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो । विगतमा […]

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुग्यो

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनेको संख्या २४ पुगेको छ । आज मात्रै चार वटा दल दर्ताको निवेदन आयोगमा पुगेको छ । त्यस्तै ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन पनि पुगेको छ । यसको नेतृत्वमा योगेन्द्र मण्डल रहने भनिएको छ । चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र […]

रवि लामिछानेलाई बयानका लागि सिंहदरबारमा ल्याइयो

काठमाडौँ । गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा नख्खु जेलबाट फर्जी कागज बनाएर निस्किएका रवि लामिछानेलाई बनायनका लागि सिंहदरबार ल्याइएको छ । भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले लामिछानेसँग बयान लिन लागेको हो । त्यस्तै भदौ २४ गते रास्वपाका नेताहरुले सहकारी ठगी प्रकरणमा पुर्पक्षका […]

माओवादी र समाजवादी सहित आठ दलले गरे एकताको सहमति-पत्रमा हस्ताक्षर

काठमाडौं । नेकपा माओवादी,नेकपा एकीकृत समाजवादी सहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरुले एकता गर्ने सहमति गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले,नेपाल समाजवादी पार्टीका अध्यक्ष […]

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरुले भनेःनिर्वाचनका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । त्यस्तै प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सराहना गर्दै उनीहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यी कदम […]

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आधिकारिकता पायो

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । यस्तै साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा […]

भैरहवामा भाषण गर्दा गर्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

भैरहवा । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ। ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरुले आन्दोलनको घोषणा गरेका थिए। बिहीबार प्राधिकरणको भैरहवा वितरण केन्द्र अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आन्दोलनलाई […]

विप्लवको पार्टीले दियो दल दर्ताको निवेदन,‘कम्युनिस्ट पार्टी नेपाल’नाम राख्न प्रस्ताव

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । नेताहरुले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारु सन्तोष बुढा मगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरु पुगेका हुन् । त्यस्तै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]