
Gsl
Ssbus
Pbu
Ssbus
nsm
Ssbus
ssbus
Sssbus1
Sssbus1
tssbus

Wsp
Pvg
Sbs
nsb
Tsm
Gst
Asm
Rgs
Bbu
Vor
Rsb
Sls
Ssm
Bbbpu
Hal
Rgu
Ksm
Ggd
Rgu

bbt
Rmb
Rpp
Jmb
Syp
Abd
Gsb
sab
Jmb
Bml
Pls
Mks
Ptm
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१४ खौसापुरमा रहेको सुन्दररानी सामुदायिक वनको छेउबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोही वन नजिकबाट तुलसीपुर–१३ का २८ वर्षीय सचिन नेपालीलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगर, २४ हजार ८५० रुपैयाँ नगद, एक थान स्मार्टफोन र दुई थान मोबाइल सेट बरामद गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्ति यसअघि पनि लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट फरार रहेका अभियुक्त रहेको खुल्न आएको छ ।
त्यस्तै,हाल उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
