
Jns
Rgp
Dus
Sgp
Lnp
Asb
Ggp
ksb
Lks
Ggp
Usb
Rgp
Rgp
Rgp
lnp

lms

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा कांग्रेस–एमाले गठवन्धनका तीन उम्मेदवार बिजय भएका छन् ।
आइतवार भएको मतदानबाट महिला कोटामा एमालेकी गुल्मीकी रामकुमारी झाक्री,अपांग कोटामा नेपाली कांग्रेसका दाङका बासुदेब घिमिरे र अन्य कोटाबाट नेपाली कांग्रेसका उम्मेदवार गुल्मीका चन्द्रबहादुर केसी बिजय भएका हुन् ।
निर्वाचनमा बिजयी महिला कोटाबाट रामकुमारी झाक्रीले ६३०३ मतभार प्राप्त गरेकि थिइन् भने अपांग÷अल्पसंख्यातर्फ बिजयी बासुदेब घिमिरेले ५३२२ मतभार प्राप्त गरेका थिए । त्यसैगरी अन्य कोटाबाट चन्द्रबहादुर केसीले ५९७७ मतभार प्राप्त गर्दै बिजयी भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।
यस्तै निर्वाचनमा पराजित महिला कोटामा नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पाका दुर्गाकुमारी भण्डारीले १३६२ मतभार, अपांग÷अल्पसंख्याक कोटामा बाँके निवासी सर्जन बिकले १६०१ मतभार प्राप्त गरेका थिए । अन्यमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले १८३२ मतभार प्राप्त गरेका थिए ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट महिला कोटामा उम्मेदवार बनेकी प्युठान निवासी पद्मा पण्डितले १५२ मतभार र अन्यमा उम्मेदवार बनेका प्युठानकै बोमबहादुर खत्रीले १३३ मतभार प्राप्त गरेका थिए । विहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानका क्रममा दुई सय ८६ मतदान भएको थियो । जसमा प्रदेशसभातर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गरेका थिए । निर्वाचनमा प्रदेशसभातर्फ पाँच जना र स्थानीय तहतर्फ आठ जना मतदाता उपस्थीत भएका थिएनन् ।
