
Rbs
Jsbus
Nssbus7
Gsbus
gms
Csbus
Pbu
Gsl
Ratbs
Bksbus5
dsbus
Amb
Ddhbs
Ssbus

Ksm
Vor
Rgu
Bbbpu
Tsm
Asm
Ggd
Rgu
Ssm
Rsb
Hal
Bbu
Pvg
Sls
Gst
Wsp
nsb
Rgs
Sbs

bbt
Rpp
Jmb
Pls
Ptm
Jmb
Mks
sab
Rmb
Syp
Abd
Bml
Gsb
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर-२ बाट आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । उनले आज आफूनिकटका केही नेतासँग छलफल गरेपछि फिर्ता लिने निर्णयमा पुगेका हुन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले फिर्ता लिने निर्णय गरेको कुरा सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै जानकारी दिएका हुन् ।
यस्तै भट्टराई यसअघि गोरखा- २ बाट निर्वाचित भइसकेका हुन् । २०७९ को निर्वाचनमा उनले प्रचण्डलाई सहयोग गर्दै उम्मेदवारी नदिने बताएका थिए । यस पटक पनि सुरुमा चुनाव नलड्ने योजना थियो,तर मनोनयनको दुई दिनअघि गोरखा पुगेका थिए । हालसम्म उनले उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्नेबारे ठोस रुपमा बताएका छैनन् ।
त्यस्तै गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपाका लेखनाथ न्यौपाने,एमालेका मिलन गुरुङ (मिलन चक्रे), रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् । न्यौपानले उम्मेदवारी दिनुअघि भट्टराईसँग सल्लाह गरेका थिए । भट्टराई आफू नजाने बताएपछि न्यौपाने अघि सरेका हुन् । तर बाबुरामले अचानक उम्मेदवारी दिएपछि न्यौपानेलाई फिर्ता गराउने प्रयास गरेका गरेपनि मानेन् ।
त्यस्तो अवस्थामा भट्टराई आफैँ चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । चुनावमा सहयोग गर्नेबारे उनले भनेका छन्,‘रास्वपा,उज्यालो नेपाल पार्टी र अरु दलका पनि अग्रगामी सोच राख्ने साथीहरुलाई सहयोग गर्नेछु ।’देशसञ्चार
