
Rgp
Dbs
ksb
Rgp
Rgp
Lnp
Pbu
Dus
Sgp
Rgp
Ggp
Usb
Lks
lnp
Jns
Ggp
Asb
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । आइतबार आज भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा बालेन शाह अघि सारिने भएको छ […]
काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार अज दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने,वरिष्ठ नेतामा कुलमान […]
काठमाडौँ । आज प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप आज प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश […]
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सञ्चारमन्त्री जगदीश खरेल बीच भेट भएको छ । भेटमा देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् । शुक्रबार आज बिहान सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री खरेलसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन् । ‘नेपाली काङ्ग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि चुनाव नै […]
काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १:०० बजे बैठक सुरु हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठकमा बिहीबार उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज […]
काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई बालेन्द्र शाह (बालेन)सँग वार्ताका लागि ललितपुरको ज्वागल पुगेका छन्। वार्ताका लागि भट्टराई काठमाडौं महानगरका मेयर बालेनका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् । वैकल्पिक शक्ति निर्माणमा लागेका बालेन बिहानैदेखि राजनीतिक भेटघाटमा व्यस्त छन्। त्यस्तै शाहाले यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका थिए ।
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार आज भेटवार्ता भएको छ । महाराजगन्जमा दुई नेताबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । त्यस्तै एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुबिधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन्। उनले भनिन्,‘हामी चुनाव […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजीहरुलाई साथ लिएर रास्वपाले देश बनाउने बताएका छन् । अब देश निर्माणको जिम्मेवारी रास्वपाको काँधमा आएको उनको दावी छ । शनिबार आज चितवनमा आयोजित विशेष सम्बोधन कार्यक्रममा बोल्दै उनले रास्वपा २०८४ को निर्वाचनको तयारीमा केन्द्रित भइरहेका बेला जेनजी पुस्ताले सरकारमाथि हस्तक्षेप गर्दै सत्ता समीकरण नै […]