
Ssbus
Gsl
Sssbus1
Sssbus1
Ssbus
ssbus
Pbu
Ssbus
tssbus
nsm
Bs1

Bbbpu
Rgs
Rgu
Hal
Asm
nsb
Bbu
Ksm
Tsm
Wsp
Vor
Ssm
Rgu
Pvg
Rsb
Sbs
Ggd
Gst
Sls

Ptm
Jmb
Rpp
Syp
Mks
Jmb
Rmb
Abd
Gsb
bbt
Bml
Pls
sab
प्यूठान । प्यूठानमा आफैंले चलाएको जिप दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उमप्रमुख मीनराज राना मगरको मृत्यु भएको छ ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ बाङ्गेसल्लामा दुर्घटना हुँदा ५० वर्षीय राना मगरको मृत्यु भएको हो ।
शनिबार साँझ पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाएको जिप सडकदेखि करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै,उनी नगरपालिकाको योजना अनुगमन गर्न गएका थिए । दुर्घटनामा पुर्न अघि नगरपालिलाका कर्मचारी सँगै अनुगमनमा निस्किएका उनी कर्मचारीलाई छाडेर पुन:अर्को योजना अनुगमन गरी घर जाने गरी एक्लै गाडीमा सवार रहेको स्वर्गद्वारी नगरपालिकाका वडाध्यक्ष गिरबहादुर गुरुङले बताए ।
वडा अध्यक्ष गुरुङका अनुसार उनको गाडीले च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । जंगलमा पशुचौपाया चराउन आएका गोठालाले देखेपछि दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले उनलाई अचेत र गाडीले च्यापिएको अवस्थामा घटनास्थलबाट निकालेका थिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक राना राष्ट्रिय जनमोर्चाबाट २०७९ को स्थानीय तहको निर्वाचनबाट उपप्रमुखमा निर्वाचित भएका थिए ।
