
Gisld
Rbs
Mbdvs
Pbu
mbd
Sds
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ को रोहबरमा राप्ती टोलका अग्नि पिडितहरुलाई मँगलबार राहत बितरण गरिएको छ । वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले विभिन्न संघसँस्था तथा ब्यक्तिहरुबाट राहत स्वरुप उपलब्ध खाद्यान्न एवं लत्ताकपडा एकद्वार प्रणाली मार्फत बितरण गरेको हो । वडाध्यक्ष गणेशमान चौधरी र टोल बिकाश सँस्थाका पदाधिकारी हरुको उपस्थितिमा राहत […]
दाङ । अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोरगाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिदा ३ बर्षिया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो । घर अगाडीको बाटोमा खेलिरहेका बालिकालाई अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भिर घाईते अबस्थामा बालिकालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याईएको र […]
दाङ । पश्चिमेली देउडा गायक तथा चर्चित मोडेल चक्र बम यहीँ चैत सात गते देउखुरीको लमहीमा रहेको सार्वजनिक बगैंचा आउन लाग्नु भएको छ । दाङ देउखुरीको लमहीमा जारि देउखुरी डान्सिङ्ग स्टार ग्रेण्ड फिनाले सिजन फोरको फाइनलिष्ट समापन कार्यक्रममा गायक बम लमही आउँन लाग्नु भएको हो । देउखुरी डान्सिङ्ग स्टार सिजन फोरमा बाह्र जना प्रतिस्पर्धीको सहभागी […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा जारी भोटे मेलामा आज (सोमबार) पनि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहेको छ । आज गायक शक्ति चन्द, रमेशराज भट्टराई, गायिका भुमिका गिरी, विक्रम परियार, अनु पराजुली लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ । त्यस्तै मेलाका सांस्कृतिक संयोजक दिपक कुमालका अनुसार मेला एक दिन थप गरिएको […]
दाङ । देउखुरीको लमहीमा आगलागी हुँदा छ वटा खरका छाना भएको घर जलेर खरानी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित सोमबार विहान दश बजे विद्युतको तार सट भइ छ वटा खरका छाना भएको घरमा आगलागी भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढा मगरले जानकारी दिनु भयो […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा जारी भोटे मेलामा आज चौथो दिन पनि दर्शकको बाक्लो उपस्थिती रहेको थियो । मेलाका सांस्कृतिक संयोजक दिपक कुमालका अनुसार हिजोको तुलनामा आज ९शनिबार० दर्शकको संख्यामा बृद्धि भएको हो । उनले भने – ञआज दर्शकको संख्या थामिनसक्नु थियो, आज शनिबार भएर पनि होला, अनि कलाकार पनि सबैलाई […]
दाङ । वास्तविक पीडा तिनलाई हुन्छ, जसको नामको अगाडी एकल थपिन्छ । बाचुञ्जेल सँगै जीउने भनी आमा बुवा त्यागेर जव प्राई घरमा आउछिन् । तब श्रिमाणको देहान्त हुँन्छ । त्यो जस्तो पीडा कसलाई होला? तिनका लागी भाग्य नै दोषी रहेछ भन्नुको बिकल्प पनि छैन । बिबाह गरेको बर्षदिन नपुग्दै श्रिमान गुमाएकि महिलाले झन आफुलाई कसरी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाका निवासी मन बहादुर सुनारको घरमा यही फागुन १७ गते आगलागी भयो । घर र गोठ दुबै पुर्ण रुपमा सखाप भएपछि मन बहादुरको परिवार खुल्ला आकाश मुनि आयो । आगो निभाउन अनेक प्रयास भएपनि घरभित्रका सरसामान केही बचाउन नसकिएको उनले गुणासो पोखे । अन्नपात, लत्ताकपडा,भाँडाकुँडा सहित […]
दाङ । बिभिन्न कानूनहरु प्रस्तुत गर्दै आगामी साउन महिना देखि गाउँपालिकाभरका निजी स्रोतका शिक्षक ब्यवस्थापन गर्ने योजनाका साथ देउखुरीको गढवा गाउँपालिकाको आठौं गाउँसभा शनिवार देखि सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको गाउँसभामा गढवा ८ कोइलाबास निवासी वडा सदस्य बिमला सुनारको गत मंसिर २० मा भएको अकल्पनीय र असामयिक निधन प्रति […]