शिवराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, जेठ २८, २०८३

दाङ । उमेर नपुग्दै लहलहैमा लागेर किशोर किशोरीहरुले विवाह गर्दा पारिवारीक सम्वन्ध राम्रो नरहने, जन्मिएका बच्चाहरुमा अपांगता तथा अटिज्म र कुपोषण हुने अन्ततः उक्त विवाह सम्वन्धबिच्छेदमा परिणत हुने घटनाहरुलाई न्यूनीकरण गर्न सचेतनामूलक अभियानहरु सञ्चालन गरिएको छ ।

मुक्त कमलरी विकास मञ्च दाङले वालविवाह न्यूनिकरणका लागि देउखुरी क्षेत्रका गढवा गाउँपालिकाका ३ वटा तथा राप्ती गाउँपालिकाका केहि वडाहरुमा नियमित अभियान संचालन गरिरहेको कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिए ।

यसै कार्यक्रम अन्तर्गत विहीवार गढवा गाउँपालिका वडा नम्बर ५ को कार्यालयसंग समन्वय सहकार्य गरि वाल विवाहको अवस्था र कानूनी प्रवधान सम्वन्धि एक दिने अभिमुखिकरण तथा सरोकारवालाहरुसंग समिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दांगका अध्यक्ष कमल गौतम र कार्यक्रम संयोजक ज्ञानु थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा सदस्यहरु नरेश चौधरी,पल्टुराम चौधरी,खिमा डांगी,निर्मला परियार,मावि चैनपुरका प्रअ हिमाल प्रकाश अधिकारी,आमा समूह तथा टोल विकास संस्थाका अगुवाहरु र पत्रकारको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुक्त कमलरी विकास मञ्चले यो कार्यक्रम सञ्चालन गरिरहदा पहिलेको अवस्थामा सकारात्मक सुधार भएको भन्दै वडा तहबाट पनि वालविवाह न्यूनीकरण गर्न कार्यक्रम बनाउनुपर्ने कुरामा जोड दिए । विद्यालय र सामुदायिक स्तरबाटै वाल विवाह गर्न नपाउने सन्देशलाई ब्यापकता दिनुपर्ने भन्दै यथास्थितिमा रहेर समाज रुपान्तरण हुन नसक्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक निमा चौधरीले गरेका थिए ।कार्यक्रम अन्तर्गत विद्यालय छोडेका किशोर किशोरीहरुलाई बिद्यालयमा पठाउन आर्थिक प्रोत्साहन गर्ने,सचेतना कार्यक्रमहरु गर्ने, आयआर्जन तथा सिप विकासका कार्यक्रमहरु गर्ने,कुपोषण न्यूनीकरण गर्न पोषिला आहारहरुको ब्यवस्थापन गर्ने,किशोर किशोरीहरुलाई लैंगिक हिंसा न्यूनीकरणका मनो परामर्श प्रदान गर्ने, लागु औषध दुब्र्यशनी नियन्त्रणका प्रयासहरु गर्ने, वालविवाहका कानूनी प्रावधान सम्वन्धि डिजिटल सुरक्षा लगायत धेरै कार्यक्रमहरु गरिदै आएको र आगामी आर्थिक बर्षकालागि समेत कार्यक्रमहरुलाई निरनरता दिन ३८ लाख २७ हजार २ सय ५० रुपियाँ बजेट तय भएको कार्यक्रममा जानकारी गराइएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]