टेकबहादुर पुन मंगलबार, चैत्र ०३, २०७७

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ को रोहबरमा राप्ती टोलका अग्नि पिडितहरुलाई मँगलबार राहत बितरण गरिएको छ ।

वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले विभिन्न संघसँस्था तथा ब्यक्तिहरुबाट राहत स्वरुप उपलब्ध खाद्यान्न एवं लत्ताकपडा एकद्वार प्रणाली मार्फत बितरण गरेको हो ।

वडाध्यक्ष गणेशमान चौधरी र टोल बिकाश सँस्थाका पदाधिकारी हरुको उपस्थितिमा राहत बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । दुमदुमा टोलबिकाश सँस्था खैरीबाट उपलब्ध राहत स्वरुप नगद ३९ हजार २० रुपैया, ६ सय ९२ किलो चामल, १ सय ५७ किलो धान, २ सय ५ किलो आलु, ४७ पोका नुन, १० लिटर तेल, २ किलो खुर्सानी, ५ किलो लसुन र ६ किलो बेसार बितरण गरिएको हो । त्यस्तै लङ्गडी टोल बिकाश सँस्थाले उपलब्ध गराएको नगद ११ हजार ६ सय ९५ रुपैया, ४ क्विन्टल चामल, ४० किलो धान, ५ किलो दाल, ५ किलो नुन र ३ थान गुन्द्री एकद्वार प्रणाली मार्फत बितरण गरिएको वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिनु भयो ।

यसैबिच लमही नगरबाट उपलब्ध खाद्यान्न तथा लत्ताकपडा,राप्ती टोल बिकाश सँस्थाबाट ५० हजार बराबरको खाद्यान्न, लत्ताकपडा,भाँडाकुडा सहित नगद,दुमदुमा भगवती तरकारी तथा बीउ आलु उत्पादन सहकारी सँस्थाबाट नगद ८ हजार, एस एन्ड एस फेसन वयर लमहीका सञ्चालक श्याम नारायण चौधरीबाट ५० हजार बराबरको लत्ता कपडा र एस एम बि फुड प्रोडक्ट प्रालि देउपुरबाट ५० हजार बराबरको उपलब्ध राहत सामाग्री बितरण गरिएको छ ।

अग्निपिडित सम्पुर्ण परिवारहरुलाई लमही जेसिजले खानपिनको ब्यबस्था गरेको थियो । गत सोमबार बिहान लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोलमा तार सट भई आगलागी हुँदा ५ घर पुर्णरुपमा जलेर सखाप भएका थिए । आगलागीबाट २५ जना बिस्थापित भएका छन भने २० लाख भन्दा बढीको क्षेती भएको छ ।

मोटरबाट पानी तान्ने क्रममा तार सर्ट भई आगलागी हुँदा बल्लु चौधरी,सरजु चौधरी,दिनेश चौधरी,प्रेम चौधरी र रेशम बहादुर बुढाको परिवार बिस्थापित भएका छन् । अग्निपिडितलाई राहत उपलब्ध गराई सहयोग गर्नुहुन वडाध्यक्ष गणेशमान चौधरीले सबैमा अनुरोध गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]