
Ggp
Ggp
Sdc
Rgp
Ksbus
Msbus
Asbus
Lnp
Ksbus


दाङ । पश्चिमेली देउडा गायक तथा चर्चित मोडेल चक्र बम यहीँ चैत सात गते देउखुरीको लमहीमा रहेको सार्वजनिक बगैंचा आउन लाग्नु भएको छ ।
दाङ देउखुरीको लमहीमा जारि देउखुरी डान्सिङ्ग स्टार ग्रेण्ड फिनाले सिजन फोरको फाइनलिष्ट समापन कार्यक्रममा गायक बम लमही आउँन लाग्नु भएको हो । देउखुरी डान्सिङ्ग स्टार सिजन फोरमा बाह्र जना प्रतिस्पर्धीको सहभागी रहेको डि टु-कला केन्द्र लमहीका संयोजक दिपक बर्माले सिधापत्रलाई जानकारी दिनु भयो ।
त्यस्तै गायक तथा चर्चित मोडेल बमको दर्जनौँ भन्दा पश्चिमेली देउडा गितले निकै चर्चा पाएको छ । छोटो समयमा दर्शकहरुको माया अपार पाएका गायक तथा चर्चित मोडेल बमको पाहाडीया बिग्रीयो जाडको झोलमा नाच भुन्टी नाच,बम्बई गैजाने,ओए काजल लगायत भन्दा बढी गित दर्शक तथा स्रोताले मन पराएका छन् ।
यस्तै कार्यक्रममा यासी थापा, स्मृति प्रधान, शिखा चौधरी,सपना बिक,सुस्मिता कोइराला,प्रतीक्षा पोख्रेल,करिष्मा सुवेदी,सुरक्षा नेपाली,मनिषा पुन, अरूणीमा तामाङ र आम्दा आले चैत सात गते लमहीको सार्वजनिक बगैचामा प्रथम, दितृय र तेतृियको लागि प्रतिस्पर्धा गर्ने छन् ।
त्यसैगरी फाईन लिष्ट कार्यक्रममा नेपालकै चर्चित गायक तथा मोडेल चक्र बम,आधुनिक गायक बिबस न्यौपाने,दाङका चर्चित कार्यक्रम प्रस्तोता एवम् गायक तथा मोडल अनुप बुढा लगायत स्थानीय कलाकारहरूको सहभागी रहने कला केन्द्रका संयोजक बर्माले जानकारी दिनु भएको हो । यस्तै कार्यक्रममा प्रथम हुनेले पचास हजार म्युजिक भिडियो,दितृय हुनेले तीस हजार म्युजिक भिडियो र तितृय हुनले बीस हजार म्युजिक भिडियो पुरस्कारको व्यवस्था रहेको संयोजक बर्माले जानकारी दिनु भएको छ ।
