
mbd
Rbs
Mbdvs
Sds
Pbu
Gisld

Ksm
Hal
Sls
Asm
Bbbpu
Rgu
Ggd
Vor
Rgu
Rgs
Tsm
Pvg
Wsp
Gst
Bbu
Rsb
Sbs
nsb
Ssm

Gsb
Rpp
Ptm
bbt
Rmb
Jmb
Pls
sab
Bml
Jmb
Syp
Abd
Mks
दाङ । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी संघ समिति दाङले एकै दिनमा तीन वटा भारतीय (टेलर) ट्रकलाई कारबाही गरेको छ ।
कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकाशं भारतीय मालबाहक सवारी साधनले भारवाहन क्षमता भन्दा दोव्वर लोड सहित नेपाल भित्रिने गरेको पाइएको हो ।
बुधबार राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी संघ समिति दाङ र अस्थायी ट्राफिक प्रहरी पाेष्ट लमहीले संयुक्तरुपमा गरेको चेकजाँचकाे क्रममा अत्याधिक भारवाहन सहित तीनवटा भारतीय ट्रकलाई नियन्त्रणमा लिइ भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ अनुसार आवश्यक कार्वाहीकाे लागि यातायात व्यवस्था कार्यालय तुलसीपुर पठाइएको थियो ।
त्यस्तै,तुलसीपुर यातायात व्यवस्था कार्यालयले तिनवटा भारतीय ट्रकलाई प्रति ट्रक दश हजारका दरले जरिवाना गरिएको हाे । भारतबाट नेपाल भित्रिने अधिकाशं भारतीय मालवाहक सवारी अत्याधीक भारवाहनको हुने गरेको पाइएको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी संघ समिति दाङका काेषाध्यक्ष हिमन्त प्रसाद पाण्डेले बताए । बढी भार बोक्ने सवारी साधनलाई कारबाही प्रक्रिया अघि बढाएको समितिका काेषाध्यक्ष पाण्डेले जानकारी दिए ।
क्षमता भन्दा बढी लोड बोकेका ट्रकले सडकलाई क्षति गर्ने र साना तथा मझौला सवारी साधन सञ्चालनमा समस्या हुने भन्दै यातयात व्यवसायीहरुले ओभरलोड गाडी नियन्त्रण गर्न सरकारसँग माग गर्दै आइरहेका छन् ।
