Sidha Patra सोमबार, चैत्र ०२, २०७७

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा जारी भोटे मेलामा आज (सोमबार) पनि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहेको छ । आज गायक शक्ति चन्द, रमेशराज भट्टराई, गायिका भुमिका गिरी, विक्रम परियार, अनु पराजुली लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

त्यस्तै मेलाका सांस्कृतिक संयोजक दिपक कुमालका अनुसार मेला एक दिन थप गरिएको छ । फागुन २६ गतेदेखि सुरु भएको मेला चैत २ गते सम्म लगाउने भनिएपनि दर्शकको उल्लेख सहभागिता रहेको कारण एक दिन थप गरि भोलि (मंगलबार) सम्म जारी रहने उहाँले बताउनु भयो । मेलाको आज छैठौं दिन पनि दर्शकको उल्लेख सहभागिता रहेको उहाँको भनाइ छ । मेलामा आफुहरुले उत्कृष्ट कलाकारहरु ल्याउन सफल भएको भन्दै आयोजकले अपेक्षा गरेभन्दा पनि धेरै दर्शकको सहभागिता रहेको उहाँले बताउनु भयो ।

यस्तै मेलाको आकर्षणका लागि मौतकी कुवा, पिङ, बाल उद्यान लगायत अन्य मनोरञ्जनका सामग्रीहरु समेत राखिएको छ । मेलामा एक सय २० वटा व्यबसायीक तथा कृषि स्टलहरु राखिएको छ । तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना, रानीघाट युवा क्लबको सह-आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न. ७ को संरक्षणमा लगाईएको ऐतिहासिक भोटे मेलामा ईतिहास झल्कने विभिन्न प्रस्तुति समेत प्रस्तुत गरिएको छ । मेलामा घोडा दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

आन्तरिक पर्यटन प्रबद्र्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ भन्ने नाराका साथ मेला जारी रहेको छ । साथै मेलामा हेल्पिङ ह्यान्ड दाङले ‘निःशुल्क हेल्थ डेस्क’ को व्यवस्था गरेको छ । मेलामा दुर्घटना तथा आकस्मिक बिरामी परेकाहरुका लागि मेला अबधिभर निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको संस्थाका अध्यक्ष शालिकराम गौतमले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]