टेकबहादुर पुन शनिबार, फाल्गुण २९, २०७७

दाङ । वास्तविक पीडा तिनलाई हुन्छ, जसको नामको अगाडी एकल थपिन्छ । बाचुञ्जेल सँगै जीउने भनी आमा बुवा त्यागेर जव प्राई घरमा आउछिन् । तब श्रिमाणको देहान्त हुँन्छ । त्यो जस्तो पीडा कसलाई होला? तिनका लागी भाग्य नै दोषी रहेछ भन्नुको बिकल्प पनि छैन । बिबाह गरेको बर्षदिन नपुग्दै श्रिमान गुमाएकि महिलाले झन आफुलाई कसरी सम्हाल्लिन ? श्रिमाण गुमाएको पीडा त एकथरी छँदैछ, समाजले हेर्ने दृष्टिकोण पनि भिण्डै छ ।

दाङ्गको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी सीमा चौधरी उमेरले भर्खर ३१ बर्ष पुगिन् । बिडम्बना उनको नामको अगाडि एकल थपियो । लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै सीमाको जीवनमा बज्रपात पय्रो । १५ महिना अघि श्रिमाणको मृत्युले उनको आँशु अझै थामिएका छैनन् । २ छोरीकि आमा सीमाले भनिन् सोचेँझै जीवन नहुँदो रहेछ । श्रिमाणको मृत्यु गलत साबित भईदिए हुन्थ्यो उनले आँशु पुछ्दै भनिन्-मलाई अौधि माया गर्नुहुन्थ्यो ।सीमा जस्तै जनकपुर निवासी तुलसी घर्तीको पनि २७ बर्षकै उमेरमा सिउँदो पुछियो ।

काखमा छोराछोरी खेलाउने रहर अँधुरै पारेर उनका श्रिमाणको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनी अहिले एक्लो बनेकि छिन । प्रेम बिबाह गरेकि तुलसीले त्यही बिगत झलझली सम्झिन्छन । “उहाँको मृत्यु सपना जस्तै लाग्छ तुलसीले गहभरी आँशु लिँदै भनिन्-जीवनमा यसरी एक्लै हुन्छु भन्ने त कल्पना बाहिरको कुरा थियो ।” तुलसी र सीमा जस्तै कप्तानगञ्ज निवासी देवा वलीले पनि ३६ बर्षकै उमेरमा श्रिमान गुमाएकी हुन् । जीवनको आधा उमेरमा एकल बनेकी देवा अहिले ६८ बर्षकि भईन् । करिब ३२ बर्ष अघि श्रिमाणको मृत्यु पश्चात अनेक प्रस्थिती हरु सँग लड्दै जीवनको पूरा उमेर काट्दैछिन् उनी । ४ सन्तानकि आमा बनेकि देवा अहिले घरमा एक्लै बस्छिन् । सन्तानको भबिष्यका लागि जिवनको ३२ बर्ष सँघर्षमा बिताएकि देवा अन्त्यमा सन्तान देखि टाढा छिन् ।

यस्तै यस्तै पिडाबाट गुज्रिरहेका एकल महिला हरु शुक्रबार अचानक वडा कार्यालयमा भेला भए । सबैले एक अर्काको अनुहार हेर्दै दुख साट्ने अबसर पाए । कसैका सँघर्षका जीवन सकिनै आँटेका छन त कसैका भर्खरै सुरुवाती क्षणमा छन् ।

तिनै एकल महिला हरुलाई लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले शुक्रबार नगद सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ । २ लाख ५० हजार रुपैया खर्च गरेर वडा कार्यालय पिडित एकल महिलाको सारथी बनेको हो । वडा अन्तरगतका १ सय ४४ जना एकल महिला हरुलाई नगद ९ सय ८० रुपैया, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको वडाध्यक्ष मोहन गिरीले जानकारी दिए । उनले भने सँघर्षको जीवनले प्रगतीको बाटो देखाउँछ । वास्तविक जीवनलाई बुझ्ने मौका पाउनु भएको छ । हरेस नखाई अघि बढ्नुस् सफल्ता जहीँ कतै छ । थोरै भएपनि पिडित महिलाको आँशु पुछ्न अबसर पाएकोमा अध्यक्ष गिरीले खुसी ब्यक्त गरे ।

वडा नम्बर ७ का कार्यबहाक अध्यक्ष केदार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कुल बहादुर बुढा मगर, एकल महिला देवा वली लगायतले बोलेका थिए । वडा सदस्य सुनमाली बिकको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिब शेर बहादुर चौधरीले गरेका थिए ।

लमही नगरपालिका वडा नम्बर ७ मा जनप्रतिनिधि बनेर मोहन गिरी आए लगत्तै प्रत्यक बर्ष बृद्दबृद्दा, एकल महिला, अशक्त अपाङ्गता तथा पिछडिएका बर्गहरुलाई सम्मान गरिँदै आएको छ । १० दिन अघि मात्रै वडाका जेष्ठ नागरिक हरुलाई नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]