
Ssbus
Sssbus1
Ssbus
Sssbus1
Gsl
nsm
ssbus
Ssbus
tssbus
Pbu

Bbu
Hal
Ssm
Vor
Rsb
Asm
nsb
Gst
Ksm
Ggd
Bbbpu
Sls
Rgs
Pvg
Rgu
Tsm
Sbs
Rgu
Wsp

Rpp
sab
Ptm
Jmb
Abd
Bml
Syp
Mks
Gsb
Pls
Jmb
Rmb
bbt
दाङ । बिभिन्न कानूनहरु प्रस्तुत गर्दै आगामी साउन महिना देखि गाउँपालिकाभरका निजी स्रोतका शिक्षक ब्यवस्थापन गर्ने योजनाका साथ देउखुरीको गढवा गाउँपालिकाको आठौं गाउँसभा शनिवार देखि सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको गाउँसभामा गढवा ८ कोइलाबास निवासी वडा सदस्य बिमला सुनारको गत मंसिर २० मा भएको अकल्पनीय र असामयिक निधन प्रति शोकप्रस्ताव पारित गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभाले शिक्षण स्वयंसेवक परिचालन कार्यबिधि–२०७७ माथि ब्यापक छलफल गरेको छ । गाउँपालिकाभरमा रहेका सरकारी बिद्यालयहरुमा कुल ४४ जना शिक्षक अपुग रहेको र निजी स्रोतका शिक्षक ब्यवस्थापनका लागि कुल १ करोड ५ लाख ६९ हजार बजेट अनुमान गरेको छ । सभामा गाउँपालिकाको कृषि प्रबर्धन तथा किसान शसक्तिकरण विधयक–२०७७, जनशक्ति संगठन तथा ब्यवस्थापन (ओएनएम) कार्यबिधि–२०७७, गाउँपालिकाको भू–उपयोग नीति निर्माण र गत आबको अल्या बजेटको पौष मसान्ता सम्मको कार्य सम्पन्न खर्च एवं स्वास्थ्य बीमा सम्बन्धी कार्यबीधि लगायतका बिषयहरुमा छलफलका लागि सभामा प्रस्ताव गरिएको अध्यक्ष यादवले जानकारी दिएका छन् ।
चालु आर्थिक बर्षमा गढवा गाउँपालिकाको कुल ६६ करोड ७ लाख ५१ हजार बजेट रहेकोमा हाल सम्म गाउँपालिकाले चालु खर्च अन्तर्गत २७.११ प्रतिशत अर्थात ११ करोड ३६ लाख ५७ हजार र पुजिगत खर्च तर्फ ३३.४६ प्रतिशत अर्थात १० करोड ३९ लाख २८ हजार गरि २१ करोड ७५ लाख ८५ हजार खर्च गरेको सभामा जानकारी गराइएको हो । गढवा गाउँपालिकाका कुल ४ सय ११ योजनाहरु मध्ये २ सय १९ संझौता भई कार्यान्वयन चरणमा रहेका र गत आब र यस बर्षका समेत १९२ योजनाहरु सम्पन्न भईसकेका गाउँपालिकाले जनाएको छ । यसैगरी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रममा ६० लाख बजेट रहेकोमा कुल ११ वटा योजनाहरु तय भै कार्यान्वयन चरणमा रहेको पाइएको छ ।
स्थानीय पुर्वाधार साझेदारीमा ६० लाख रकम रहेको र पालीकाले तर्जुमा गरेका कानूनहरु मध्ये ५ वटा ऐन, १ नियम तथा निर्देशिका, १३ वटा कार्यबिधि र ३ वटा नियमावली पास भई कार्यान्वयनमा आएको गाउँपालिकाले जनाएको छ । चालु बर्षमा न्यायिक समितिमा ७७ उजुरीहरु परेको ३४ वटा बिवाद निरुपण भएका र २३ वटा बिवादहरु निरुपण गर्न बाँकी रहेको न्यायिक समितिले जनाएको छ । गाउँपालिकाको आर्थिक हिसाब लेप तथा आलेप भई सकेको, हाल सम्म ४ वटा नदीजन्य पदार्थको ठेक्का संझौता भईसकेको बताइएको छ । गढवा गाउँपालिकाभरमा कोभिढ १९ बाट संक्रमित ५५ जना रहेकोमा सबै निको भएको पाइएको छ पहिलो चरणको जेष्ठ नागरिक खोप अभियान पनि सम्पन्न भएको छ ।
गढवा गाउँपालिकाले यस आर्थिक बर्ष सम्म १ करोडको लागतमा सर्पदंश अस्पताल र सेना बस्ने ट्रष्ट निर्माण गरि संचालनमा ल्याएको, सबै वडा कार्यालय भवनहरु निर्माण गरिसकेको, ४ करोड ७५ लाखको लागतमा ४२ कोठा तथा सभाहल सहितको जिल्लाकै अध्याधुनिक प्रशासकिय भवन निर्माण गरि संचालनमा ल्याएको, वडा नं. ६ मा ११ वटा ब्यापारिक सटरहरु निर्माण गरि बाहालमा दिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।
यसै गरी आम्दा नेपाल संगको समन्वय सहकार्यमा कालाकाटे र चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई र मुसी तथा खबरी नाकामा गाउँघर क्लिनीक भवनहरु निर्माण गरेको तथा कोइलाबासमा आँखा अस्पताल एवं भ्यूटावर निर्माण गरेको सभामा जानकारी गराइएको थियो । चालु आर्थिक बर्षमा गढवा गाउँपालिकाले बिभिन्न वडाहरुमा गरि १३ किमि सडक कालोपत्रे र सबै वडाहरुमा सडक ग्राभेल, स्तरोन्नती र पक्कीनाली निर्माण लगायत केहि बिद्यालयका भौतिक पुर्वाधार बिकासका कार्यहरु सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय सरकार संचालन ऐन–२०७४ बमोजिम कार्यक्रममा प्रस्तुत गरिएका बिधेयक, कार्यबीधि र निती तथा कानूनहरु माथी आबश्यक छलफलका साथ परिमार्जन सहित पारित गरिने बताइएको छ ।
