शिवराज पन्थी शनिबार, फाल्गुण २९, २०७७

दाङ । बिभिन्न कानूनहरु प्रस्तुत गर्दै आगामी साउन महिना देखि गाउँपालिकाभरका निजी स्रोतका शिक्षक ब्यवस्थापन गर्ने योजनाका साथ देउखुरीको गढवा गाउँपालिकाको आठौं गाउँसभा शनिवार देखि सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको गाउँसभामा गढवा ८ कोइलाबास निवासी वडा सदस्य बिमला सुनारको गत मंसिर २० मा भएको अकल्पनीय र असामयिक निधन प्रति शोकप्रस्ताव पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभाले शिक्षण स्वयंसेवक परिचालन कार्यबिधि–२०७७ माथि ब्यापक छलफल गरेको छ । गाउँपालिकाभरमा रहेका सरकारी बिद्यालयहरुमा कुल ४४ जना शिक्षक अपुग रहेको र निजी स्रोतका शिक्षक ब्यवस्थापनका लागि कुल १ करोड ५ लाख ६९ हजार बजेट अनुमान गरेको छ । सभामा गाउँपालिकाको कृषि प्रबर्धन तथा किसान शसक्तिकरण विधयक–२०७७, जनशक्ति संगठन तथा ब्यवस्थापन (ओएनएम) कार्यबिधि–२०७७, गाउँपालिकाको भू–उपयोग नीति निर्माण र गत आबको अल्या बजेटको पौष मसान्ता सम्मको कार्य सम्पन्न खर्च एवं स्वास्थ्य बीमा सम्बन्धी कार्यबीधि लगायतका बिषयहरुमा छलफलका लागि सभामा प्रस्ताव गरिएको अध्यक्ष यादवले जानकारी दिएका छन् ।

चालु आर्थिक बर्षमा गढवा गाउँपालिकाको कुल ६६ करोड ७ लाख ५१ हजार बजेट रहेकोमा हाल सम्म गाउँपालिकाले चालु खर्च अन्तर्गत २७.११ प्रतिशत अर्थात ११ करोड ३६ लाख ५७ हजार र पुजिगत खर्च तर्फ ३३.४६ प्रतिशत अर्थात १० करोड ३९ लाख २८ हजार गरि २१ करोड ७५ लाख ८५ हजार खर्च गरेको सभामा जानकारी गराइएको हो । गढवा गाउँपालिकाका कुल ४ सय ११ योजनाहरु मध्ये २ सय १९ संझौता भई कार्यान्वयन चरणमा रहेका र गत आब र यस बर्षका समेत १९२ योजनाहरु सम्पन्न भईसकेका गाउँपालिकाले जनाएको छ । यसैगरी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रममा ६० लाख बजेट रहेकोमा कुल ११ वटा योजनाहरु तय भै कार्यान्वयन चरणमा रहेको पाइएको छ ।

स्थानीय पुर्वाधार साझेदारीमा ६० लाख रकम रहेको र पालीकाले तर्जुमा गरेका कानूनहरु मध्ये ५ वटा ऐन, १ नियम तथा निर्देशिका, १३ वटा कार्यबिधि र ३ वटा नियमावली पास भई कार्यान्वयनमा आएको गाउँपालिकाले जनाएको छ । चालु बर्षमा न्यायिक समितिमा ७७ उजुरीहरु परेको ३४ वटा बिवाद निरुपण भएका र २३ वटा बिवादहरु निरुपण गर्न बाँकी रहेको न्यायिक समितिले जनाएको छ । गाउँपालिकाको आर्थिक हिसाब लेप तथा आलेप भई सकेको, हाल सम्म ४ वटा नदीजन्य पदार्थको ठेक्का संझौता भईसकेको बताइएको छ । गढवा गाउँपालिकाभरमा कोभिढ १९ बाट संक्रमित ५५ जना रहेकोमा सबै निको भएको पाइएको छ पहिलो चरणको जेष्ठ नागरिक खोप अभियान पनि सम्पन्न भएको छ ।

गढवा गाउँपालिकाले यस आर्थिक बर्ष सम्म १ करोडको लागतमा सर्पदंश अस्पताल र सेना बस्ने ट्रष्ट निर्माण गरि संचालनमा ल्याएको, सबै वडा कार्यालय भवनहरु निर्माण गरिसकेको, ४ करोड ७५ लाखको लागतमा ४२ कोठा तथा सभाहल सहितको जिल्लाकै अध्याधुनिक प्रशासकिय भवन निर्माण गरि संचालनमा ल्याएको, वडा नं. ६ मा ११ वटा ब्यापारिक सटरहरु निर्माण गरि बाहालमा दिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

यसै गरी आम्दा नेपाल संगको समन्वय सहकार्यमा कालाकाटे र चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई र मुसी तथा खबरी नाकामा गाउँघर क्लिनीक भवनहरु निर्माण गरेको तथा कोइलाबासमा आँखा अस्पताल एवं भ्यूटावर निर्माण गरेको सभामा जानकारी गराइएको थियो । चालु आर्थिक बर्षमा गढवा गाउँपालिकाले बिभिन्न वडाहरुमा गरि १३ किमि सडक कालोपत्रे र सबै वडाहरुमा सडक ग्राभेल, स्तरोन्नती र पक्कीनाली निर्माण लगायत केहि बिद्यालयका भौतिक पुर्वाधार बिकासका कार्यहरु सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय सरकार संचालन ऐन–२०७४ बमोजिम कार्यक्रममा प्रस्तुत गरिएका बिधेयक, कार्यबीधि र निती तथा कानूनहरु माथी आबश्यक छलफलका साथ परिमार्जन सहित पारित गरिने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]