
pku
Lnp
Sgr
Pbu
Gfs
Ggp
Rgp
cjs
sbs
Unsku
Rgp1
Djs
Pes
Srbpu

nsb
Sls
Tsm
Hal
Ssm
Pvg
Rsb
Bbbpu
Ksm
Ggd
Bbu
Gst
Asm
Rgu
Sbs
Vor
Wsp
Rgs
Rgu

Ptm
sab
Abd
Gsb
Syp
bbt
Mks
Jmb
Bml
Rpp
Jmb
Rmb
Pls
दाङ । डढेलो नियन्तरणमा सबैले उत्तरदायी भुमिका निर्बाह गर्नुपर्ने मँगलबार लमहीमा आयोजित एक कार्यक्रमका बक्ताले बताउनु भएको छ ।
डिभिजन बन कार्यालय दाङ देउखुरीको सप्ताह कार्यक्रम अन्तरगत वन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया गोष्ठीमा बोल्ने बक्ताले यस्तो बताउनु भएको हो । हावा हुरी अनि बतासको मौसम शुरु भएसँगै बनमा डढेलो लाग्ने भएकाले त्यसको नियन्तरण तथा ब्यबस्थापन प्रती बन कार्यालयले चासो देखाएको छ । विभिन्न निकाय हरुसँग समन्वय तथा छलफल गर्दै डिभिजन बन कार्यालयले चैत्र १ गते देखि बन डढेलो ब्यबस्थापन सप्ताह कार्यक्रम गर्ने जनाएको छ ।
सोही कार्यक्रम अनुरुप डिभिजन बनले मँगलबार वन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया गरेको छ । डढेलो नियन्तरण तथा ब्यबस्थापनमा सुरक्षा निकायको अहम भुमिका रहने भएपनि आबस्यक स्रोत साधानको अभावले प्रभावकारी बन्न नसकिरहेकोमा गुणासो गरेका थिए । सुरक्षा निकायले जनशक्ति र तालिम प्राप्त भएको भएपनि स्रोत साधानको अभावले सिकेका कुराहरु लागू गर्न नपाएको गुणासो गर्नु भयो ।
डिभिजन बन कार्यालय लमहीका बन अधिकृत बेसिन्द्रराज सुबेदीको शभाध्यक्ष तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा अधिकृत सुवदीले वनका अबस्था, डढेलो नियन्तरण तथा रोकथाम सहितको कार्यपत्र पेश गर्नु भएको थियो ।
डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत प्रेमिलाल प्रसाद शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादब, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केपी घिमिरे, गढवा समन्वय समितिका उमाकान्त पन्त, नर्ति समन्वय समितिकि शुसिला शर्मा, बन महासँघ गढवाका नवराज शर्मा, सुरक्षा निकायका पदाधिकारी लगायतले आ-आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण बन रेञ्जर हरी पौडेलले गर्नु भएको थियो । बन डढेलो न्युनिकरण, हाम्रो अभियान नारा सहित शुरु गरिएको सप्ताह कार्यक्रम चैत्र ७ गते सम्म चल्नेछ ।
