
mbd
Rbs
Sds
Pbu
Mbdvs
Gisld

Sls
Ssm
Gst
Rgs
nsb
Tsm
Rgu
Asm
Ksm
Wsp
Bbbpu
Ggd
Bbu
Sbs
Hal
Vor
Pvg
Rgu
Rsb

sab
Rmb
Gsb
Bml
Rpp
Jmb
Abd
Jmb
bbt
Ptm
Pls
Mks
Syp
दाङ । उच्च अदालत तुलसीपुरले लुम्बिनी प्रदेश प्रहरी विद्यालयले जारी गरेको जग्गा तथा घरटहरा खाली गराउने सूचनाविरुद्ध परेको रिट निवेदनमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश नरबहादुर खड्काको एकल इजलासले देवीप्रसाद चौधरीसहितका निवेदकले दायर गरेको उत्प्रेषण तथा परमादेशको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
अदालतले निवेदन, संलग्न कागजात तथा निवेदकतर्फका अधिवक्ताद्वय विष्णुप्रसाद धिताल र भागवत रेग्मीको बहस सुनेपछि निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र उच्च सरकारी वकील कार्यालय तुलसीपुरमार्फत लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
त्यस्तै,रिट निवेदनमा आफूहरूका बाबुबाजे पुस्तादेखि दाङको साविक सोनपुर गाविस वडा नं. ५ हाल लमही नगरपालिका–३ नमुनाबस्ती टिकुलीगढस्थित जग्गामा घर, छाप्रो तथा टहरा निर्माण गरी बसोबास गर्दै आएको उल्लेख गरिएको छ । निवेदकहरूले उक्त जग्गा विपक्षी लुम्बिनी प्रदेश प्रहरी विद्यालयको नाममा २०४१ फागुन १८ गते दर्ता भएको देखिए पनि आफूहरू लामो समयदेखि त्यहाँ बसोबास गर्दै आएको दाबी गरेका छन् ।
यस्तै,निवेदनमा प्रहरी विद्यालयले यही जेठ १३ गते प्रकाशित गरेको घरजग्गा खाली गरिदिनेसम्बन्धी सूचनाले आफ्नो बसोबास तथा सम्पत्तिसम्बन्धी अधिकारमा प्रत्यक्ष असर पुगेको उल्लेख गरिएको छ । सोही कारण उक्त सूचना बदर गर्न र आवश्यक आदेश जारी गर्न माग गर्दै अदालत पुगेका हुन् ।
