
Pbu
Rbs
Gisld
mbd
Mbdvs
Sds

Asm
Rgu
Hal
Wsp
Rsb
Ggd
nsb
Sls
Gst
Tsm
Pvg
Bbu
Rgs
Bbbpu
Sbs
Ksm
Rgu
Ssm
Vor

Pls
Gsb
Rmb
Jmb
Ptm
Mks
bbt
Bml
Syp
sab
Jmb
Abd
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाका निवासी मन बहादुर सुनारको घरमा यही फागुन १७ गते आगलागी भयो । घर र गोठ दुबै पुर्ण रुपमा सखाप भएपछि मन बहादुरको परिवार खुल्ला आकाश मुनि आयो । आगो निभाउन अनेक प्रयास भएपनि घरभित्रका सरसामान केही बचाउन नसकिएको उनले गुणासो पोखे । अन्नपात, लत्ताकपडा,भाँडाकुँडा सहित नगद १२ हजार पनि जलेर नष्ट भए । त्यसपश्चात मन बहादुरको ८ जना परिवार अहिले त्रिपाल मुनि छन । आगलागीबाट करिब ५ लाख बराबरको क्षेती भएको अग्निपिडित मन बहादुरले बताए ।
सोही गाउँमा एउटा पीडा सेलाउन नपाउँदै फेरि २० गते मनमाला बिकको घर र गोठ आगोले सखाप बनायो । घरको पेटीमा बसिरहेकी मनमालाले पछाडीबाट खरको छानोमा आगो सल्केको पत्तै पाईनन् । चिच्याकहल गर्दागर्दै आँखै अगाडि उनको पनि घर र गोठ जलेर पुर्णरुपमा सखाप भए । उनले पनि घरभित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडा कुँडा सहित नगद १० हजार समेत निकाल्न सकिनन् । आगोले बस्ने घर नै सखाप भएपछि उनको ७ जनाको परिवार अहिले आफन्तीको सरणमा छन् । आगलागीबाट करिब ३ लाख ५० हजार बराबरको क्षेती भएको पिडित मनमालाले गुणासो गरिन् ।
>>राहात लिएर नाका पुगे काँग्रेस नेता
नेपाली काँग्रेस राजपुर गाउँपालिकाका सभापति शरद कुमार बुढाथोकिको पहलमा ५९ हजार बढीको राहात सँकलन गरि हस्तान्तरण गरिएको छ । विभिन्न सँघसँस्था तथा ब्यक्तिहरु बाट राहात सँकलन गरि शुक्रबार अग्निपिडितकै घर नाकामा पुगेर खाद्यान्न तथा नगद हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेसका महासमिति सदस्य जानकिलाल बस्नेतको विशेष उपस्थितिमा ४७ हजार ५ सय बराबरको खाद्यान्न र १२ हजार रुपैया नगद हस्तान्तरण गरिएको हो । काँग्रेस नेताहरुले अग्निपिडित दुई घरपरिवारलाई भेटेर चामल, दाल, नुन, तेल, धान, म्याट, त्रिपाल लगायतका ४७ हजार ५ सय बराबरको खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
क्षेतीको पुर्ण रुप प्रदान गर्न नसकेपनि दुखद समयमा मल्हम लगाउने कोसिस मात्र गरेको सभापती शरद बुढाथोकिले बताए । सँघसँस्था तथा निकायको ध्यान जानुपर्ने भन्दै राहातको शुुरुवात गरिएको काँग्रेस महासमिति सदस्य जानकिलाल बस्नेतले बताए । “हामिले शुरुवात मात्र गरेका हौँ, यत्तिले मात्र अपुग नै हुन्छ बस्नेतले भने-राहातका लागि हामी सम्बन्धित निकायमा पहल गर्नेछौ । अग्निपिडित हरुले राहात सँकलन गरि पठाउने संघसँस्था तथा ब्यक्तिहरुलाई धन्यबाद ज्ञापन गरे ।
आर्थिक तथा राहात सँकलनमा सहयोग गर्नेहरुमा शरद बुढाथोकिले दस हजार, ईन्द्र वली पाँच हजार, लालबिर खड्का तीन हजार, खिमसिंङ राणा दुई हजार, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको पहलमा दस हजार पाँच सय, प्रताप खड्का दुई हजार पाँचसय, कुटुरले दुईहजार दुईसय, कर्णबहादुर बुढाथोकि एक हजार, प्रकाश बस्नेत ७ हजार, रामबकस चौधरीको पहलमा पाँच हजार, प्रमोद बस्नेतले एकहजार एकसय गरि ४७ हजार ५ सय बराबरको खाद्यान्न र १२ हजार नगद हस्तान्तरण गरिएको हो ।
सभापती शरद बुढाथोकि, महासमिति सदस्य जानकिलाल बस्नेत, सदस्य खिमसिंङ राणा, वडा सभापति रामबकस चौधरी, ट्रेड युनियन राजपुर सभापति पाटेश्वर यादब, तरुणदल राजपुर सचिब रेख बहादुर गिरी, ईन्द्र वली, प्रकाश बस्नेत, रामधार यादब, मान बहादुर चलाउने, देब बहादुर खड्का, गिरिराज सेन ठकुरी लगायत पत्रकारको टिम नाकामै पुगेर राहात हस्तान्तरण गरेको हो ।
