
Rbs
Pbu
Gisld
Sds
Mbdvs
mbd

Sbs
Wsp
Sls
Gst
Rgu
Rgu
Pvg
Asm
Ggd
Tsm
Rsb
Bbu
Rgs
Hal
Bbbpu
nsb
Vor
Ssm
Ksm

Gsb
Jmb
Syp
Abd
Jmb
Pls
sab
Ptm
Bml
Rmb
bbt
Rpp
Mks
दाङ । देउखुरीको लमहीमा आगलागी हुँदा छ वटा खरका छाना भएको घर जलेर खरानी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित सोमबार विहान दश बजे विद्युतको तार सट भइ छ वटा खरका छाना भएको घरमा आगलागी भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढा मगरले जानकारी दिनु भयो ।
त्यस्तै आगलागीबाट घरमा रहेको टिभि, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात, लुगापत्ता सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानियको सहयोगमा आँगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी,सर्जु चौधरी,बसन्त चौधरी,प्रेम चौधरी,कान्छू चौधरी,रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिनु भएको हो । आगलागीबाट के कती क्षती भएको भन्ने अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । गर्मीयाम सुरु भएसंगै देउखुरीका विभिन्न क्षेत्रमा आँगलागीको घटना सुरु भएको छ । केही दिन अगाडी गढवा, कोइलाबास र सुकौलीनाकामा आँगलागीबाट घर जलेर नष्ट भएको थियो ।
