राप्ती गापामा ४ हजार बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न भएको छ । गाउँपालिकाले भुमिहीन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो । जस अनुसार कुल ४ हजार ४ सय ६५ वटा फारम […]

परीक्षणकालीन १ वर्षका लागि लाइसेन्स दिने तयारी

काठमाडाैं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको हो । त्यस्तै जेठ १ गतेदेखि […]

नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेका ७ जनालाई प्रहरीद्वारा पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसीको नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् । थापाका अनुसार काउन्सिलमा दर्ता भएका डाक्टर मध्ये सप्तरीका मोहमद सिद्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह […]

गढवा ६ मनिकापुरमा आगलागी हुँदा दुई घर,गोठ जलेर खरानी

दाङ । देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर खरानी भएका छन् । सोमवार बेलुका साढे ५ बजे गोठबाट एक्कासी सल्केको आगोले स्थानीय शोभाराम घर्ती मगर, कमल घर्ती मगर, खिमबहदुर घर्ती मगर र हेमबहादुर घर्ती मगरको घर तथा गोठमा आगलागी भएको हो । उक्त आगलागीबाट ९ लाख […]

नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिबसको अवसरपारी लमहीमा रक्तदान

दाङ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगतको आबस्यकता हुने गर्दछ । त्यसैले रगतको अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिबसको अवसरमा दाङको लमहीमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल रेड्क्रस सोसाइटी […]

मुख्यमन्त्री पोख्रेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै बनाए मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जनता समाजवादी पार्टी (जसपा)का ४ जना प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । त्यस्तै आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ र नगरेका एक गरी जसपाका ४ प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन् । सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी […]

लुम्बिनी प्रदेशका २ मन्त्रीले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई जना नेकपा माओवादी केन्द्रका सांसदले राजीनामा पनि दिएका छन् माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सोमबार मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दिएका हुन् । दुबै मन्त्रीले संयुक्त रूपमा राजीनामा पत्र बुझाएका छन् । त्यस्तै केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ […]

वैशाख महिनाभर शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाण्डाै । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साेमवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ । त्यस्तै उहाँका अनुसार कोरोना भाइरसको सङ्क्रमणको उच्च […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । यस्तै ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]