
Gmk
Gisld
Sds
Anm
Pbu
Ksm
Mbdvs
Rbs
mbd

Rgu
Tsm
Rsb
Ssm
Ksm
Rgu
Hal
nsb
Asm
Sbs
Pvg
Gst
Wsp
Ggd
Bbbpu
Vor
Sls
Bbu
Rgs

sab
bbt
Mks
Rmb
Rpp
Jmb
Bml
Pls
Syp
Ptm
Jmb
Abd
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले लागुऔषध, ट्राफिक तथा साइबर क्राइम सम्बन्धि विद्यालय सचेतना अभियानलाई जारी राखेको छ ।
मञ्चले शुक्रबार राप्ती गाउँपालिका-५ सिसहनियाँ स्थित सर्वोदय माविमा कार्यक्रम गरेको छ । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । विद्यार्थीहरुलाई बाल्यकालमै लागुऔषधको दुष्प्रभाव, सुरक्षित अनलाइन प्रयोग र ट्राफिक नियमको पालनबारे व्यावहारिक ज्ञान दिन र समुदायमा सकारात्मक सन्देश फैलाउन अभियान चलाइएको छ ।
कार्यक्रममा नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त बहादुर पुनले लागुऔषधका प्रकार,जोखिम र रोकथामबारे जानकारी गराए । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक यम विकले साइबर अपराध, अनलाइन ठगी तथा सुरक्षित सोसल मिडिया प्रयोग बारे सचेत गराए ।
त्यस्तै,अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख तथा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम प्रसाद पोख्रेलले ट्राफिक नियम, हेलमेट/सिटबेल्टको प्रयोग र सडक दुर्घटना न्यूनीकरण विषयमा प्रशिक्षण दिए । कार्यक्रममा १ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
