
mbd
Mbdvs
Ksm
Sds
Pbu
Gmk
Rbs
Gisld
Anm

Wsp
Rgu
Ksm
Pvg
Tsm
Bbbpu
Gst
Rgs
Ggd
Asm
Rsb
Bbu
Ssm
Sls
Hal
nsb
Vor
Sbs
Rgu

Pls
Ptm
Gsb
Rmb
Abd
Rpp
Jmb
sab
Mks
bbt
Bml
Jmb
Syp
काठमाडाैं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको हो ।
त्यस्तै जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गर्न लागेका हौं ।’सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था ऐनले गरेको छ ।
यस्तै ऐनको दफा ५० मा परीक्षा पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने व्यवस्था छ । ऐनको दफा ५१ मा शुरूको १ वर्ष लाइसेन्सको परीक्षण काल रहने बताइएको छ । याे खबर आजको आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।
