
Lnp
Pbu
Ggp
Pes
cjs
sbs
Rgp1
Djs
pku
Rgp
Srbpu
Sgr
Gfs
Unsku

Sls
Pvg
Tsm
Rsb
Rgu
nsb
Vor
Hal
Ggd
Ksm
Rgu
Bbu
Bbbpu
Asm
Wsp
Sbs
Rgs
Ssm
Gst

sab
bbt
Jmb
Mks
Bml
Ptm
Pls
Syp
Rpp
Jmb
Abd
Rmb
Gsb
दाङ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगतको आबस्यकता हुने गर्दछ ।
त्यसैले रगतको अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिबसको अवसरमा दाङको लमहीमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लमही नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल रेड्क्रस सोसाइटी रक्त सन्चार केन्द्रको भबनमा नेबि संघ लमही नगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
त्यस्तै गत वर्ष कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी,निशेधाज्ञाका कारणले मुलुकभर यतिबेला रगतको चरम अभाव भएको छ । यस्तै रक्तदान कार्यक्रममा केही रक्तदाताको उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य कारणले गर्दा रक्तदान गर्न नसकेको नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रिय उपाध्यक्ष पवन यादबले बताउनु भयो ।
यसैगरी रगतको चरम अभावको समाचारहरु आइरहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक संघसंस्थाहरुलाई सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरे अनुरुप कोभिड १९ को संक्रमणको यो जोखिमको बेलामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको नेबि संघ लमही नगर कमिटीका सभापति कौसल अधिकारीले जानकारी दिनु भएको हो ।
“मेरो रगतले कसैको ज्यान बचोस” भन्ने नाराका साथ संचालन गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा नेबि संघका पुर्ब केन्द्रिय उपाध्यक्ष पवन यादब,नेबि संघका पुर्ब क्षेत्रीय सचिब प्रेम कालाथोकी, लमही नगर कमिटी सभापति कौसल अधिकारी,देउखुरी बहुमुखी क्याम्पस पुर्ब इकाई सभापति सुमन कालाथोकी लगाएतका विद्यार्थी नेता हरुको उपस्थित रहेको थियो ।
