Sidha Patra मंगलबार, बैशाख ०७, २०७८

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसीको नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् ।

थापाका अनुसार काउन्सिलमा दर्ता भएका डाक्टर मध्ये सप्तरीका मोहमद सिद्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह धनुषाको जनकपुर चिल्ड्रेन अस्पताल, धनुषाका मोहम्मद शाहिद राजा चाबहिलको दीर्घायू अस्पताल र मनाङका दीपेन्द्र गौतम रूकुमको चौरजाहरी मिसन अस्पतालमा कार्यरत थिए ।

उनीहरुविरुद्ध लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गर्ने थापाले बताए । उनका अनुसार पक्राउ परेका सप्तरीका अखिलेखकुमार देव, महोत्तरीकी पल्लवी सिंह र ललितपुरका फराज हुसेन खाँ चाँहि कतै पनि काम गर्न थालेका थिएनन् । साभार अनलाइन खबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]