गढवा ६ मनिकापुरमा आगलागी हुँदा दुई घर,गोठ जलेर खरानी

दाङ । देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर खरानी भएका छन् । सोमवार बेलुका साढे ५ बजे गोठबाट एक्कासी सल्केको आगोले स्थानीय शोभाराम घर्ती मगर, कमल घर्ती मगर, खिमबहदुर घर्ती मगर र हेमबहादुर घर्ती मगरको घर तथा गोठमा आगलागी भएको हो । उक्त आगलागीबाट ९ लाख […]

नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिबसको अवसरपारी लमहीमा रक्तदान

दाङ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगतको आबस्यकता हुने गर्दछ । त्यसैले रगतको अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिबसको अवसरमा दाङको लमहीमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल रेड्क्रस सोसाइटी […]

मुख्यमन्त्री पोख्रेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै बनाए मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जनता समाजवादी पार्टी (जसपा)का ४ जना प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । त्यस्तै आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ र नगरेका एक गरी जसपाका ४ प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन् । सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी […]

लुम्बिनी प्रदेशका २ मन्त्रीले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई जना नेकपा माओवादी केन्द्रका सांसदले राजीनामा पनि दिएका छन् माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सोमबार मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दिएका हुन् । दुबै मन्त्रीले संयुक्त रूपमा राजीनामा पत्र बुझाएका छन् । त्यस्तै केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ […]

वैशाख महिनाभर शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाण्डाै । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साेमवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ । त्यस्तै उहाँका अनुसार कोरोना भाइरसको सङ्क्रमणको उच्च […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । यस्तै ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) […]

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने देशभरमा ८ लाख बढी

काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । यस्तै सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरण अनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख ६ […]

वीरगन्ज महानगरपालिकाद्वारा कोरोना तीव्र बनेपछि विद्यालय बन्द गर्न निर्देशन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले महानगर अन्तरगतका कक्षा १ देखि ५ सम्मका सम्पूर्ण निजी तथा सामुदायीक विद्यालयहरु अर्काे सुचना नआउन्जेलसम्मका लागि बन्द गर्न सुचना जारी गर्दै निर्देशन दिएको छ । वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आईतबार एक विज्ञप्ति जारी गर्दै कक्षा १ देखि ५ सम्मका सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी […]

रोल्पाको प्रथम सुनिलस्मृति गापा अध्यक्ष कप तथा खेलकुद कार्यक्रम सम्पन्न

रोल्पा । नयाँ वर्षको अवसर पारेर सुरु भएको प्रथम सुनिलस्मृति गाउँपालिका अध्यक्ष कप तथा खेलकुद कार्यक्रम आइतवार सम्पन्न भएको छ । सो गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपतिका भाषा सल्लाकार बाबुलाल पुन, विशिष्ट अतिथिमा पूर्व राष्ट्रय सभा सदस्य राजकुमार कवर रहनु भएको थियो । त्यस्तै सुनिलस्मृति गाउँपालिका अध्यक्ष कप तथा खेलकुद […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]