
Mbdvs
Gmk
Rbs
Pbu
mbd
Sds
Ksm
Anm
Gisld

Rgs
Tsm
Sls
Vor
Ggd
Pvg
Gst
Bbbpu
Ssm
Rgu
Wsp
nsb
Bbu
Ksm
Asm
Sbs
Hal
Rsb
Rgu

Pls
Jmb
bbt
Rmb
Syp
Ptm
Abd
Gsb
Mks
Jmb
Bml
sab
Rpp
काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ ।
यस्तै सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरण अनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख ६ हजार ५ सय २ रहेको पाइएको हो ।
त्यस्तै यस अघि आयोगले सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट भूमिहीनको तथ्यांक संकलन गरेको थियो । जसअनुसार सातवटै प्रदेशका ७७ जिल्लाका २ सय ८७ स्थानीय तहबाट प्राप्त विवरणअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेको जम्मा संख्या ८ लाख २० हजार ९ सय २० पुगेको आयोगले जानकारी दिएको छ ।
यसैगरी सबैभन्दा बढी भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या बागमती प्रदेशमा १ लाख ८८ हजार ३ सय ६४ रहेको छ भने अव्यवस्थित बसोबास गर्नेको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १ लाख ५३ हजार ६ सय ८ रहेको आयोगले जानकारी दिएको हो ।
त्यस्तै आयोगका अनुसार देशभरबाट विवरण आउनेक्रम जारी रहेको र अझै यो संख्या बढ्न सक्ने देखिएको छ । हालसम्म सातवटै प्रदेशका ७७ जिल्लामध्ये ३९ जिल्लाका पनि आंशिक स्थानीय तहको प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेको संख्या ९ लाख ३० हजार ३० पुगेको छ । जसमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या १ लाख ९६ हजार ३ सय १५ छ भने अव्यवस्थित बसोबास गर्नेको संख्या ७ लाख ३३ हजार ७ सय १५ छ । जसमध्ये भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संख्या सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको पाइएको छ ।
यस्तै कैलालीमा ७५ हजार ७ सय ४२ अव्यवस्थित बसोबास गर्ने र १६ हजार ५ सय २५ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी गरी जम्मा ९२ हजार २ सय ६७ रहेका छन् । यसैगरी, सुदूरपश्चिम प्रदेशकै कञ्चनपुरमा ६५ हजार ३० अव्यवस्थित बसोबास गर्ने र ४ हजार ७ सय ३७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी गरी ६९ हजार ७ सय ६७ रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशन रहेको छ ।
