Sidha Patra सोमबार, बैशाख ०६, २०७८

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले महानगर अन्तरगतका कक्षा १ देखि ५ सम्मका सम्पूर्ण निजी तथा सामुदायीक विद्यालयहरु अर्काे सुचना नआउन्जेलसम्मका लागि बन्द गर्न सुचना जारी गर्दै निर्देशन दिएको छ ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आईतबार एक विज्ञप्ति जारी गर्दै कक्षा १ देखि ५ सम्मका सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी फैलिरहेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यो निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिनु भयो । त्यस्तै उहाँले वीरगन्ज भित्रका विद्यालयहरुलाई कक्षा १ देखि ५ सम्मका विधार्थीहरुको आन्तरिक मुल्यांकन कक्षा वृद्धि गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरेको बताउनु भयो ।

त्यसैगरी महानगरको शिक्षा प्रशासन महाशाखाले कक्षा ६, ७ र ९ को हकमा अर्काे विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा कक्षा ६ देखि ९ सम्मको अन्तिम परिक्षा तोकिएकै समयमा हुने भनेर उल्लेख गरिएको छ । सामाजिक दुरी कायम गर्ने, साबुन–पानीले हात धुने र मास्क तथा सेनिटाईजरको सुनिश्चितता गरी परिक्षा तोकिएको मितिदेखि, दिनको दुई सिफ्ट गरि परिक्षा सञ्चालन गर्न सबै विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।

यस्तै पछिललो समय बीरगंजमा समेत बालबालिकाहरुमा कोरोना पुष्टि हुदै आएको छ । सोहि कारण पनि महानगरपालिका यस्तो निर्णय लिन बाध्य भएको हो । बीरगंजमा कोरोना संक्रमण फैलिरहदा र खासगरी बालबालिकाहरुको स्वास्थ्य जोखिम रहेकोले यहाँका स्थानिय बासिन्दा तथा बुद्धिजिवीहरु विद्यालय बन्द गराउने पक्षामै थिए । त्यसैगरी स्वास्थ्य मन्त्रालयले पनि बालबालिकामा कोरोना फैलिन सक्ने भन्दै कोरोना हटस्पटमा विद्यालय बन्द गर्न यस अघि अनुरोध पनि गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]