
Ksb
Bsn
Csb
Ksb
Tgp
Ssb
Fmb
Ksb
Ppu
Gsb
Usb
Nsb
Rsb
Ssb
jsb
Rks

Usb
Tsb
Gsb
Ssb
Hl1

Rgu
ptl
Nps
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु गरिएको छ ।
राप्ती गाउँपालिका–२,पुन्यपुर स्थित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागी पछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय तथा स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आइतबारदेखि अभियान थालिएको हो ।
आगलागीका कारण केन्द्रभित्रका संरचना तथा उपकरण क्षतिग्रस्त भई फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेपछि केन्द्रलाई तत्काल सामान्य अवस्थामा ल्याउन विशेष अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । अभियानमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक सहित ९ वटै वडाका जनप्रतिनिधि,पालिकाका कर्मचारी, सुरक्षाकर्मी,विभिन्न संघ–संस्था तथा सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको छ ।
त्यस्तै सहभागीहरुले केन्द्र परिसरको सरसफाइ, जलेका सामग्री छुट्याउने,सुरक्षित रुपमा फोहर व्यवस्थापन गर्ने तथा जोखिमयुक्त क्षेत्रको व्यवस्थापन कार्य गरिरहेका छन् । गाउँपालिकाका अनुसार अभियानको मुख्य उद्देश्य आगलागीपछिको अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय प्रदूषण नियन्त्रण गर्नु र फोहर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याउनु हो । साथै,भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने र नियमित अनुगमनलाई प्राथमिकता दिइने बताइएको छ ।
राप्ती गाउँपालिकाले सरसफाइ तथा व्यवस्थापन अभियानलाई निरन्तरता दिँदै स्थानीय तहमा सफा, स्वच्छ र सुरक्षित वातावरण निर्माणका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।
