
mbd
Mbdvs
Sds
Gmk
Pbu
Rbs
Anm
Gisld
Ksm

Vor
Wsp
Rgs
Rgu
nsb
Gst
Bbu
Sls
Hal
Tsm
Rgu
Bbbpu
Rsb
Pvg
Ssm
Ggd
Asm
Ksm
Sbs

Mks
Ptm
Rmb
Gsb
sab
Pls
Syp
Jmb
Abd
Rpp
Bml
bbt
Jmb
रोल्पा । नयाँ वर्षको अवसर पारेर सुरु भएको प्रथम सुनिलस्मृति गाउँपालिका अध्यक्ष कप तथा खेलकुद कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
सो गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपतिका भाषा सल्लाकार बाबुलाल पुन, विशिष्ट अतिथिमा पूर्व राष्ट्रय सभा सदस्य राजकुमार कवर रहनु भएको थियो ।
त्यस्तै सुनिलस्मृति गाउँपालिका अध्यक्ष कप तथा खेलकुद कार्यक्रममा ३ हजार मिटर दौडमा सुनिलस्मृति गाउँपालिकाका सनमराज घर्तीमगर प्रथम,रोल्पा नगरपालिकाका बेगम थापा द्धितिय, त्रिवेणी गाउँपालिका कमल भण्डारी तृतीय, हाइ जम्प पुरुष तर्फ प्रथम सुनिलस्मृति गाउँपालिकाका हरिचन्द्र गिरी,द्धितिय रोल्पा नगरपालिकाका अमृत घर्ती मगर, तृतिय त्रिवेणी गाउँपालिकाका खुम बहादुर बुढाथोकी, लमजम्प पुरुष तर्फ प्रथम त्रिवेणी गाउँपालिकाका छविलाल के.सी., द्धितिय सुनिलस्मृति गाउँपालिकाका गिरीराज के.सी. तृतिय रोल्पा नगरपालिकाका अमृत घर्तीमगर,त्रिपल जम्प पुरुष तर्फ प्रथम सुनिलस्मृति गाउँपालिकाका अनुप परियार, द्धितिय त्रिवेणी गाउँपालिकाका छविलाल वि.क.,तृतिय रोल्पा नगरपालिकाका मनोज वि.क., हाईजम्प महिला तर्फ प्रथम सुनिलस्मृति गाउँपालिका साधना शाह,द्धितिय सुनिलस्मृति गाउँपालिकाका करिश्मा नेपाली,तृतिय त्रिवेणी गाउँपालिका विनिता घर्ती बिजय भएका छन् ।
यस्तै लमजम्प महिला तर्फ प्रथम त्रिवेणी गाउँपालिकाका सोनिया परियार,द्धितिय सुनिलस्मृति गाउँपालिकाका शाधना शाह,तृतिय रोल्पा नगरपालिकाका पवित्रा घर्तीमगर, त्रिपलजम्म महिला तर्फ प्रथम त्रिवेणी गाउँपालिकाका सोनिया परियार, द्धितिय सुनिलस्मृति गाउँपालिकाका दिलक्सा सुनार, तृतिय रोल्पा नगरपालिकाका रमिता पुन, व्याटमिन्टन पुरुष तर्फ प्रथम त्रिवेणी गाउँपालिका, द्धितिय सुनिलस्मृति गाउँपालिका, सान्तवना रोल्पा नगरपालिका र परिवर्तन गाउँपालिका, मिनि फुटबल तर्फ प्रथम रोल्पा नगरपालिका, द्धितिय लुग्रिं गाउँपालिका, सान्वतना सुनिलस्मृति गाउँपालिका र सुनछहरी गाउँपालिका, महिला भलिवल तर्फ प्रथम रोल्पा नगरपालिका, द्धितिय सुनिलस्मृति गाउापालिका, सान्वना त्रिवेणी गाउँपालिका र सुनछहरी गाउँपालिका, भलिवल पुरुष तर्फ प्रथम सुनिलस्मृति गाउँपालिका, द्धितिय थबाङ गाउँपालिका, सान्तवना रुन्टीगढि गाउँपालिका र रोल्पा नगरपालिका रहेको थियो ।
त्यस्तै प्रथम सुनिलस्मृति गाउँपालिका अध्यक्ष कप तथा खेलकुद कार्यक्रमको उद्घाटन समारोहमा झाँकी प्रस्तुत गरे वापत १ नं. वडा घोडागाउँ प्रथम, द्धितिय वडा नं. ४ सुलिचौर, तृतीय वडा नं. ८ अरेश सान्वना वडा नं. ८ अरेश र वडा नं. ३ मिझिङ रहेको थियो त्यसैगरि गाउँपालिकाले आयोजना गरेको खेलकुद कार्यक्रममा वेष्ट पिलियर व्याडमिन्ट तर्फ त्रिवेणी गाउँपालिकाका केशवराज वुढामगर, मिनि फुटवलमा रोल्पा नगरपालिकाका खुम बहादुर घर्तीमगर, पुरुष भलिवल तर्फ सुनिलस्मृति गाउँपालिकाका पुस्कर थापा र महिला भलिवल तर्फ सुनिलस्मृति गाउँपालिकाका संगिता वुढाथोकीले पाएका थिए ।
यस्तै समापन कार्यक्रममा खेलाडिहरुलाई प्रमाण पत्र ट्रफि मेडल र अविर ल्यापन गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, उपाध्यक्ष बागमती क्षेत्रीनी, उप राष्ट्रपतिका भाषा सल्लाकार वावुलाल पुन, पूर्व राष्ट्रिय सभा सदस्य राजकुमार कवर वडा नं. ४ वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्री गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले गर्नुभएको थियो ।
