
Gfs
Lnp
Ses
Sgr
Srbpu
Rgp1
cjs
Ggp
Pbu
Djs
pku
Unsku
Pes
Rgp

Bbu
Rgu
nsb
Bbbpu
Ksm
Wsp
Pvg
Vor
Sbs
Gst
Hal
Asm
Ggd
Rgu
Sls
Rgs
Ssm
Tsm
Rsb

Ptm
Pls
Syp
Bml
Jmb
bbt
Mks
sab
Rmb
Abd
Gsb
Jmb
Rpp
दाङ । लुम्बिनी प्रदेशमै बिऊ उत्पादनमा नमूना योग्य काम गर्दै आएको राजपुर २,मटेरीया स्थित सुर्योदय कृषक बहुउद्देश्यिय सहकारी संस्थालाई बिऊ विजन उत्पादनमा थप शसक्त ढंगले आत्मनिर्भर र बलियो बन्न राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले आग्रह गरेका छन् ।
खाद्याान्न वालीहरुको स्थानीय प्रजातिका विऊ–विजनहरु उत्पादन गरेर समग्र दाङ र लुम्बिनी प्रदेशलाई नै राष्ट्रमा चिनाउन यस सहकारीले लोपोन्मुख रैथाने र स्थानीय प्रजातिका बिऊहरुलाई थप प्रभावकारी ढंगले उत्पादन गर्दै नेपालभर बजारीकरणमा ध्यान दिनुपर्छ–बुढाथोकीले भने ।
सुर्योदय कृषक बहुउद्देश्यिय सहकारी संस्था राजपुर २ मटेरीयाका अध्यक्ष देवबहादुर केसीको अधयक्षतामा आयोजित २७ औं बार्षिक साधारण सभालाई संबोधन गर्दै प्रमुख अतिथी बुढाथोकीले यस्तो आग्रह गरेका हुन् । राजपुर गाउँपालिकाले भिटा परियोजना मार्फत स्थानीय किसानको दुध बजारीकरण गर्न सुरु गरेको छ । यो अभियानलाई पनि यस सहकारीले साथ दियो भने यस पालिकाबाट मात्रै दैनिक ४ हजार लिटर किसानहरुको दुधले उचित मुल्य पाउने छ–उनले भने ।
कार्यक्रममा बोल्दै राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादवले बिऊ उत्पादनमा राष्ट्रकै नमूना काम गरेर सिंगो राजपुर र दाङलाई चिनाउन सफल यस सहकारीले उदाहरणिय काम गर्दै आएको बताए । देशमा ऐन नियमबाट बाहिर गएका सहकारीहरु बिकृति र बिसंगतिबाट बदनाम भैरहेको जटिल अवस्थामा सहकारी ऐन,नियमावली र कार्यविधिहरुको समुचित ढंगले पालना गर्दै यो सहकारी अब्वल दर्जामा रहेको भन्दै निकट भविश्यमा पनि यसलाई संचालन गर्ने सञ्चालक समिति र कर्मचारी प्रशासन र सबै शेयर सदस्यहरु चनाखो हुनुपर्ने यादवले सुझाव दिए ।
कार्यक्रममा राजपुर गाउँपालिकाका पूर्व अध्यक्ष लोकराज केसी, बिऊ बिजन प्रयोगशाला बाँके खजुराका बिऊ निरीक्षण अधिकृत निरज कुमार अधिकारी,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन ईकाई दाङका प्रमुख लक्ष्यबहादुर चौधरी,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंमप्रकाश बसेल,राजपुर २ का वडा अध्यक्ष ओंमप्रकाश यादव,वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,सल्लाहकार रेशमबहादुर खड्का, पूर्व अध्यक्ष ऋषिराम घिमिरे,चाँदनी कृषि सहकारीका अध्यक्ष तुल्सीराम भण्डारी,कठबेरुवा कृषि सहकारी संस्थाका अध्यक्ष टोप बहादुर थापा र पत्रकार मेगमन बुढा लगायतले बोलेका थिए ।
सो अवसरमा बार्षिक निती तथा कार्यक्रम र लक्ष्य प्रगतिका बारेमा संस्थाका सचिव शिवराज पन्थीले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने ब्यवस्थापक प्रेमनारायण आचार्यले आय–ब्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक बेदुप्रसाद अधिकारीले लुखा सुपरिवेक्षण प्रतिवेदन तथा सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
पत्रकार सहित ६ जना सम्मानीतः
संस्थाको बार्षिक साधारणसभाले सञ्चार माध्यम तथा पत्रकारीताको क्षेत्रबाट योगदान दिएको भन्दै सिधापत्र अनलाईन टिभिका सञ्चालक मेगमन बुढालाई सम्मान गरेको छ । यसैगरी बिऊ उत्पादनमा उत्कृष्ट कार्य गरेका शेयर सदस्यहरु राजपुर १ का हरीकला अधिकारी,गढवा ७ लक्षिनपुरका शेरबहादुर चौधरी तथा नियमित बचतकर्ता राजपुर २ का माया कुमारी चौधरी, ऋण सदुपयोगिता अन्तर्गत उत्कृष्ट किसान राजपुर १ का पूर्ण बहादुर क्षेत्री र सबै क्षेत्रतर्फ अनुशासीत शेयर सदस्य राजपुर २ का सुर्यप्रसाद पुलामीलाई नगद तथा सम्मानपत्रले सम्मान गरिएको छ ।
गढवा,राजपुर,लमही र राप्ती गाउँपालिका कार्यक्षेत्र रहेको प्रदेश सरकारले यिमन तथा अनुगमन गर्ने यस सहकारीमा जम्मा ४ सय २७ जना शेयर सदस्यहरु रहेका छन् । कृषि प्राबिधिक सहित एघार जन कर्मचारुी मार्फत यस सहकारी संस्थाले बचत तथा ऋण कारोवार,खाद्यान्न खरिद बिक्री, सेलरमिल सञ्चालन,बिऊ उत्पादन,गे्रडीङ,भण्डारण र नेपालका बिभिन्न जिल्लाहरुमा स्थानीय प्रजातिका खाद्यान्न,तेलहन र दलहन वालीको बिऊ बिक्रीवितरण,शेयर सदस्यहरुलाई आधुनिक प्रबिधिका मसिनहरु मार्फत धान रोपाई,जोताई, मकैरोपाई लगायतका कामहरु गर्दै आएको कार्यक्रममा जानकारी दिइएको थियो ।
गतबर्ष यस सहकारीले केन्द्रिय कृषि मन्त्रालयले काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा बिऊ उत्पादक उत्कृष्ट सहकारी पुरस्कार समेत प्राप्त गरेको बताइएको छ । संस्थाका उपाध्यक्ष नमराज न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको उद्घाटन तथा बन्दशत्रको सहजिकरण संस्थाका सचिव शिबराज पन्थीले गरेका थिए ।

