
Fmb
Ppu
Ksb
Ksb
Nsb
Ksb
Gsb
Rsb
Tgp
Usb
Ssb
Csb
Ssb
Rks
jsb
Bsn

Hl1
Gsb
Tsb
Usb
Ssb

ptl
Rgu
Nps
दाङ । एमसिए नेपालका प्रतिनिधि र लमही नगरपालिकाका प्रमुख तथा उपप्रमुखबीच भेटवार्ता भएको छ । भेटमा एमसिए नेपालले सुरु गर्न लागेको सडक स्तरोन्नति आयोजनाका विषयमा विस्तृत छलफल गरिएको हो ।
छलफलका क्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सडक विस्तार तथा स्तरोन्नति गर्दा मानव बस्ती, स्थानीय संरचना तथा निर्माण भइसकेका आयोजनामा असर नपर्ने गरी काम अगाडी बढाउन आग्रह गरे । उनले विकास आयोजनाले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्नुपर्ने उल्लेख गर्दै जनहितलाई केन्द्रमा राखेर योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
भेटमा नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पनि सडक स्तरोन्नतिका क्रममा स्थानीय सरोकारवालासँग समन्वय,पारदर्शिता र समयमै सूचना प्रवाह आवश्यक रहेको धारणा राखे ।
एमसिए नेपालका प्रतिनिधिहरुले आयोजनालाई मापदण्ड अनुसार अघि बढाइने र स्थानीय तहसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा अधिकारीहरुले बाह्र मिटरको सडक कालोपत्रे हुने जानकारी दिएका छन् ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले पूर्व–पश्चिम राजमार्गको चन्द्रोटा (कपिलवस्तु)– शिवखोला (दाङ) सडक खण्डको स्तरोन्नति तथा मर्मतसम्भार कार्य गर्न एमसिए नेपाललाई अनुमति प्रदान गरेको थियो ।
२०७४ साउन २९ मा तत्कालीन नेपाल सरकारका मन्त्री ज्ञानेन्द्र कार्की र एमसिए नेपालका प्रतिनिधि बिच अमेरिकामा सम्झौता भएको थियो । सम्झौता भएको लामो समयसम्म काम सुरु हुन नसकेपछि बजेट अपुग हुने अवस्था रहेको र समय पनि कम भएकाले अमिलिया शिवखोलासम्म काम गर्न नसकिने एमसिए नेपालका सञ्चार विज्ञ सविन मिश्रले जानकारी दिए ।
दिगो,वातावरणमैत्री र सुरक्षित सडक निर्माणमा हामी प्रतिवद्ध छाैँ,समयमा नै आयाेजनाको काम सम्पन्न गरी सडक विभागलाइ हस्तान्तरण गर्न एमसिए नेपाल आतुर रहेको सञ्चार विज्ञ मिश्रले भने ।
सडक विभागले दिएको जानकारी अनुसार उक्त सडक खण्डमा ७ मिटर चौडाइको क्यारिजवे तथा दुवैतर्फ २.५–२.५ मिटर चौडा पक्की शोल्डर सहित मर्मत सम्भार तथा स्तर उन्नति कार्य गरिनेछ । यो कार्य अमेरिकी सरकारको अनुदान सहयोगमा एमसिए नेपालमार्फत सञ्चालन हुने छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पत्र संख्या वि.सं. २०७६/०७७, चलानी नम्बर ६० तथा मिति २०७६ /०५ /२४ को निर्णय अनुसार उक्त अनुमति प्रदान गरिएको सडक विभागले जनाएको छ ।
सडक स्तरोन्नतिसँगै उक्त क्षेत्रमा सवारी आवागमन थप सुरक्षित, सहज र व्यवस्थित हुने विश्वास गरिएको छ । विशेषगरी दाङ,कपिलवस्तु लगायत पश्चिम नेपालका जिल्लाहरुको यातायात तथा आर्थिक गतिविधिमा यस आयोजनाले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
