लमहीमा ३ दिने गणित सशक्तिकरण कार्यक्रम सम्पन्न

दाङ । लमही नगरपालिकाको आयोजनामा तथा काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा ३ दिने गणित सशक्तिकरण कार्यक्रम तथा प्रशिक्षण सफलतापूर्वक आईतबार सम्पन्न भएको छ । कार्यक्रम जेष्ठ २२ देखि २४ सम्म लमहीमा आयोजना गरिएको थियो । गुरुकुल एकेडेमी,घोराहीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रशिक्षक टोलीमा पौडेलसँगै गणित विषयका अनुभवी प्रशिक्षकहरु मधुसुदन गौतम र तारा […]

गोरखा स्कुल घोराहीमा चालक र सहचालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना

दाङ । गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोरहीको आयोजनामा शनिबार आज ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सडक दुर्घटना न्यूनीकरण,ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सवारी चालक तथा सहचालकहरुको चेतनास्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी […]

राप्ती गापा शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित

दाङ । देउखुरीको राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा सम्मानित भएको छ । देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका आधारमा राप्तीलाई छनोट गर्दै सम्मान प्रदान गरेको हो। प्यानले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका उत्कृष्ट पालिका,विद्यालय र प्रधानाध्यापकहरुलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिको सिफारिसमा […]

गुरुकुल घोराहीमा कक्षा १२ का विद्यार्थीहरु दिक्षित

दाङ । गुरुकुल एकेडेमी,घोराहीले एक विशेष समारोहका बीच कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरूलाई दिक्षित गरेको छ । विद्यालयको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई औपचारिक रूपमा उच्च माध्यमिक तहको जिम्मेवारीबोध गराउँदै दिक्षित गरिएको हो । कार्यक्रम गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–निर्देशक तथा वरिष्ठ […]

देउखुरी पब्लिक स्कूलमा एक दिवसीय दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६,स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा एक दिवसीय दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।विद्यालयको प्रथम सिफ्ट अन्तर्गत कक्षा १ देखि १० सम्म अध्ययनरत करिब ६०८ जना विद्यार्थीहरुको नि:शुल्क दन्त परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल भू-माण्डप केसीले जानकारी दिए । विद्यार्थीको चौतर्फी विकासका लागि शारीरिक […]

देउखुरी पब्लिक स्कुलमा मानव अधिकार शिक्षासम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा बुधबार मानव अधिकार शिक्षासम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।विद्यालयका प्रधानाध्यापक तथा प्रबन्धक भू-माण्डप केसीको अध्यक्षता तथा लमही नगरपालिकाकी उप–प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । मानव अधिकारप्रतिको चेतना अभिवृद्धि गर्दै विद्यार्थीहरुलाई समानता र समावेशिताका मूल्यमा आधारित सक्रिय नागरिकतर्फ अभिप्रेरित […]

कार्यक्रममै शिक्षकहरुका आँशु रसाए पछि,पालिका भरका शिक्षकहरुलई उत्प्रेरणात्मक कार्यशाला

दाङ । मंगलवार एका विहानै जनता माध्यमिक बिद्यालय गढवाको फिल्ड शिक्षक शिक्षिका, बिब्यसका अध्यक्षहरु र जनप्रतिनीधीहरुको लष्करले भरिभराऊ थियो । उत्प्रेरक हरिश वलीले सुरुवातमै घण्टी बजाएर बिद्यार्थीहरुलाई जस्तै शिक्षकहरुलाई पिटी सहितको सांगितिक प्रार्थना गराए ।त्यस लगत्तै धेरैजसो बिद्यालयका कार्यालय सहयोगीहरुलाई मञ्चमा आमन्त्रण गरि गाउँपालिकाका अध्यक्ष र प्रअ तथा ब्यवस्थापन समितिका अध्यक्षहरुबाट फूलमाला लगाएर सम्मान गरियो […]

राप्तीको दुर्गा भवानी आधारभूत विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी”को बिमोचन

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया स्थित दुर्गा भवानी आधारभूत विद्यालयले प्रकाशन गरेको विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी” को शुक्रबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा मुखपत्रकाे बिमोचन गरिएको हो । मुखपत्र विमोचनपश्चात बोल्दै प्रमुख अतिथि […]

पहिलो पटक गुरुकुल एकेडेमी लमही र तुलसिपुरमा निर्वाचनबाट विद्यार्थी नेतृत्व चयन

दाङ । गुरुकुल एकेडेमी लमही र गुरुकुल एकेडेमी तुलसिपुरमा पहिलो पटक विधिवत निर्वाचन प्रक्रियाबाट विद्यालय स्तरीय विद्यार्थी नेतृत्व चयन गरिएको छ। विद्यालयले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यासको प्रवर्धन गर्ने उद्देश्यका साथ कक्षा प्रतिनिधि, कप्तान, उपकप्तान तथा सदन कप्तानको निर्वाचन सम्पन्न गरेको हो। निर्वाचन प्रक्रियाअन्तर्गत विद्यार्थीहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गरी प्रचार–प्रसार गरेका थिए । उम्मेदवारहरूले आफूलाई प्रस्तुत गर्दै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]