
Pbu
Ddhbs
Amb
Gsbus
Bksbus5
Jsbus
Nssbus7
Csbus
Gsl
Ratbs
dsbus
Rbs
Ssbus
gms

Rgu
Ssm
Bbbpu
Rsb
Asm
Rgs
Gst
Sbs
Bbu
Wsp
Hal
Sls
nsb
Ggd
Ksm
Pvg
Vor
Rgu
Tsm

Abd
Gsb
Syp
Rpp
Bml
sab
Jmb
Rmb
bbt
Mks
Jmb
Pls
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया स्थित दुर्गा भवानी आधारभूत विद्यालयले प्रकाशन गरेको विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी” को शुक्रबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा मुखपत्रकाे बिमोचन गरिएको हो । मुखपत्र विमोचनपश्चात बोल्दै प्रमुख अतिथि विष्टले विद्यालयस्तरमै यस्ता प्रकाशनको थालनी हुनु अत्यन्तै प्रशंसनीय कार्य भएको बताए । उनले मुखपत्रले विद्यार्थीहरूमा सिर्जनशीलता, अभिव्यक्ति क्षमता र नेतृत्व विकासमा टेवा पुग्ने उल्लेख गरे ।
अध्यक्ष विष्टले विद्यालयलाई केवल पठनपाठनको केन्द्र मात्र नभई, सृजनात्मकता र व्यक्तित्व विकासको आधारस्थलका रूपमा अघि बढाउनुपर्ने धारणा राखे । उनले भने, “दुर्गा वाणीजस्ता मुखपत्र प्रकाशनले विद्यार्थीहरूमा लेख्न, सोच्न र समाजसँग जोडिन सक्ने क्षमताको विकास गर्छ । यस्ता प्रयासहरू शिक्षालाई जीवनमुखी बनाउने दिशामा महत्वपूर्ण हुन्छन्।” उनले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि विद्यालय,अभिभावक,समुदाय र स्थानीय सरकार सबै पक्षको साझा दायित्व रहेको उल्लेख गरे । राप्ती गाउँपालिकाले शिक्षा क्षेत्रलाई सधैं प्राथमिकतामा राख्दै आएको भन्दै उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यहरूलाई आवश्यक सहयोग तथा प्रोत्साहन गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा साहित्यकार हरि पाेख्रेलले पुस्तककाे बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य चम्फा भुसाल,शिक्षा शाखाकी प्राविधिक सहायक देवी मल्ल,पूर्व प्रधानाध्यापक सूर्य प्रकाश भण्डारी लगायत विद्यालयका शिक्षक,अभिभावक तथा विद्यार्थीहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक केशवराज आचार्यकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण शिक्षिका बिनिता आचार्य गरेकि थिइन् ।
