
Ksm
Gisld
Mbdvs
Rbs
Anm
Pbu
Sds
mbd
Gmk

Pvg
Sls
Ksm
Rgs
Rgu
Wsp
Hal
Bbu
Rsb
Tsm
Rgu
Ssm
Vor
Asm
Gst
nsb
Sbs
Bbbpu
Ggd

Mks
Abd
Gsb
Rmb
Rpp
bbt
Bml
Pls
Jmb
Syp
Ptm
Jmb
sab
दाङ । गुरुकुल एकेडेमी लमही र गुरुकुल एकेडेमी तुलसिपुरमा पहिलो पटक विधिवत निर्वाचन प्रक्रियाबाट विद्यालय स्तरीय विद्यार्थी नेतृत्व चयन गरिएको छ।
विद्यालयले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यासको प्रवर्धन गर्ने उद्देश्यका साथ कक्षा प्रतिनिधि, कप्तान, उपकप्तान तथा सदन कप्तानको निर्वाचन सम्पन्न गरेको हो। निर्वाचन प्रक्रियाअन्तर्गत विद्यार्थीहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गरी प्रचार–प्रसार गरेका थिए ।
उम्मेदवारहरूले आफूलाई प्रस्तुत गर्दै मतदाता विद्यार्थीहरूलाई आ—आफ्ना एजेन्डा सुनाएका थिए । निर्वाचन प्रक्रिया पूर्ण रुपमा निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरिएको थियो। मतदानका लागि मतदान केन्द्र स्थापना गरिएको थियो । जहाँ विद्यार्थीहरूले गोप्य मतदानमार्फत आफूले रोजेका उम्मेदवारलाई मत दिएका हुन् । विद्यालयले निर्वाचन समिति गठन गरी सम्पूर्ण प्रक्रिया संचालन गरेको थियो। समितिमा शिक्षक, व्यवस्थापन प्रतिनिधि र विद्यार्थीहरूको समावेशी सहभागिता रहेको थियो। निर्वाचनमा कक्षा ३ देखि माथिका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
त्यस्तै उम्मेदवारहरूको उत्साह,भाषण कला, योजनाहरू र नेतृत्व क्षमताले सम्पूर्ण विद्यालयमा सकारात्मक ऊर्जा प्रवाहित गरेको थियो। निर्वाचनबाट गुरुकुल एकेडेमी लमहीको कप्तानमा प्रतिक महतो र रीतिका थारु ,यसैगरी जखेरा सदनमा रोबिक खड्का र सिजन केसि,राप्ति सदनमा उइलसन चौधरी र आयुस्मा गिरी,रतननाथ सदनमा जस्टिन बस्याल र एन्जल केसि र रीहार सदनमा प्रफिट पौडेल र तृसना सुबेदी निर्वाचित भएको गुरुकुल लमहीका प्रशासन प्रमुख सतिस पौडेलले जानकारी दिए । ११४ मतदाता रहकोमा ११३ मत खसेको थियो भने १ मत बदर भएको थियो ।
यसैगरी गुरुकुल एकेडेमी तुलसिपुरको विद्यालय कप्तानमा दिपक्षा बुढाथोकि तथ उप कप्तानमा पमिसा सेन वली यसैगरी टोप्याज सदन कप्तानमा प्रियन्शा योगि उप कप्तानमा अमिसा सेन वली , इमरल्ड सदन कप्तानमा अनुस्का डाँगि उप कप्तानमा सम्भव लामिछाने,सफायर सदन कप्तानमा सुदर्शन हमाल उपकप्तानमा सुदिप खड्का,रुवि सदन कप्तानमा संस्कृति पुन मगर र उपकप्तानमा अनुस्का केसि निर्वाचित भएको विद्यालय संयोजक चिन्तना धितालले जानकारी दिए । मतदाता संङ्या १३९ रहेकोमा १३५ मत खसेको पनि संयोजक धितालले जानकारी दिए ।
निर्वाचित नेतृत्वहरुलाई विद्यालयका प्रधानाध्यापकहरुले पदभार ग्रहण गराएका थिए । दुवै शाखामा पृथक रूपमा निर्वाचन गरिएको थियो र दुवै स्थानमा नव–निर्वाचित प्रतिनिधिहरूले अब विद्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् । यस निर्वाचन प्रक्रियाले विद्यार्थीहरूलाई नेतृत्व, कर्तव्य र सहकार्यको महत्व बुझाउने काम गरेको छ । गुरुकुल एकेडेमीले शिक्षाको साथसाथै नैतिकता र सामाजिक उत्तरदायित्वमा समेत विद्यार्थीहरूलाई सशक्त बनाउँदै गएको सन्देश दिएको छ ।
