
mbd
Sds
Pbu
Gisld
Mbdvs
Rbs

Hal
Ssm
Tsm
Pvg
Ggd
nsb
Rgu
Sls
Vor
Wsp
Rgu
Bbbpu
Rsb
Bbu
Rgs
Gst
Asm
Sbs
Ksm

Abd
Ptm
Jmb
Rpp
Rmb
bbt
Syp
Jmb
Mks
Gsb
Pls
sab
Bml
दाङ । मंगलवार एका विहानै जनता माध्यमिक बिद्यालय गढवाको फिल्ड शिक्षक शिक्षिका, बिब्यसका अध्यक्षहरु र जनप्रतिनीधीहरुको लष्करले भरिभराऊ थियो । उत्प्रेरक हरिश वलीले सुरुवातमै घण्टी बजाएर बिद्यार्थीहरुलाई जस्तै शिक्षकहरुलाई पिटी सहितको सांगितिक प्रार्थना गराए ।
त्यस लगत्तै धेरैजसो बिद्यालयका कार्यालय सहयोगीहरुलाई मञ्चमा आमन्त्रण गरि गाउँपालिकाका अध्यक्ष र प्रअ तथा ब्यवस्थापन समितिका अध्यक्षहरुबाट फूलमाला लगाएर सम्मान गरियो । यो दृष्य हेर्दा कार्यक्रममा सहभागि सबैजसो शिक्षकहरुका आँखाबाट आँशु रसाएको पाइन्थ्यो भने कार्यालय सहयोगिहरुका पनि जिवनमा पहिलो पल्ट सम्मान पाउँदा आँखाबाट पिलपिल खुसीका आँशहरुु झरिरहेको पाईन्थ्यो ।
बिद्यालय राम्रो बनाउने अभियानमा कार्यालय सहयोगीको पनि अहं भूमिका रहने उत्प्रेरणात्मक सन्देशले धेरै शिक्षहरुको मन जितेको दृष्य झल्किन्थ्यो । यो वास्तविक दृष्य भित्र गढवा गाउँपालिकाले पालिकाका आठवटै वडाहरुका शिक्षकहरुलाई आमन्त्रण गरि तिन दिवसीय सांगितिक प्रार्थना ब्यवस्थापन तालिम संगै ब्यवहारीक उत्प्रेरणात्मक कार्यशालाका वास्तविकता थियो ।
पालिकाले सरकारी बिद्यालयहरुमा पठन–पाठनको गुणस्तर बृद्धिगर्न शिक्षकहरुको जिम्मेवारी तथा कर्तब्य तथा अभिभावक र बिद्यार्थीहरुसंग गर्नुपर्ने ब्यवहारीक तालमेलका सन्दर्भमा उत्प्रेरणा जागरण गर्ने उद्देश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले जानकारी दिए ।
शिक्षकहरुमा म एउटा जिम्मेवार शिक्षक हुँ, म तयारी गर्छु र बिद्यार्थीहरुलाई सिकाएर आफ्नो बिद्यालयलाई अब्वल बनाउँछु भन्ने उत्प्रेरणको उर्जा रोपण गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको शिक्षाशाखाका प्रमुख श्याम बिकले बताए ।
सामुदायिक बिद्यालयहरुमा खस्किदै गएको पठन–पाठनको गुणस्तरलाई ब्यापक सुधार गर्न यस्तो कार्यशालाको आयोजना गरिएको पालिकाले जनाएको छ । गढवा गाउँपालिकाका २५ सरकारी बिद्यालयका २ सय ५० बढी शिक्षक, कर्मचारी र बिब्यस अध्यक्षहरुलाई सहभागि गराई उत्प्रेरणात्मक कार्यशालाको आयोजना गरिएको हो । कक्षा आरम्भ भन्दा पहिलेको उर्जा दिनभरका लागि सकारात्मक उर्जा रहने भन्दै सामुदायिक बिद्यालयहरुलाई अब्वल बनाउन र पठन–पाठनको गुणस्तर बृद्धि गर्न शिक्षक,अभिभावक र बिद्यार्थी बिच समन्वयात्मक भूमिका रहनुपर्ने कार्यक्रमका मोटिभेटर हरिश वलीले बताए । आईतवारदेखि सुरु गरिएको कार्यशाला ३ दिनसम्म सञ्चालन गरि मंगलवार समापन गरिएको छ ।

