
Gsl
bpmhl
Ksbus
Pbu
Jsbus
Ksbus
Lsbus
Bsbus
Ssbus
gms
Gsbus
Nssbus7
Csbus
Ssbus
Ksbus
Rsbus
Ssbus
dsbus
Bksbus5

Rgu
Gst
Tsm
Wsp
Bbbpu
Sbs
Vor
Rgu
Sls
Ksm
Rsb
Bbu
Ssm
nsb
Ggd
Pvg
Hal
Rgs
Asm

Bml
Mks
Syp
bbt
Gsb
Jmb
Rpp
Abd
sab
Ptm
Jmb
Pls
Rmb
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध सेवन ( लापसे ) गरी सार्वजनिक सवारी साधन चलाउने ५ जना चालक र १ जना सह–चालकलाई नियन्त्रणमा लिएको छ ।
गत असार ८ गते बिहान ११:०० बजेको समयमा बागलुङ नगरपालिका वडा नं. ०१, मालढुङ्गास्थित सडक खण्डमा गरिएको नियमित चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक कार्यालय र प्रहरी चौकी मालढुङ्गाको संयुक्त टोलीले सार्वजनिक सवारीका चालक तथा सह–चालकहरूलाई ‘टीएचसी’ (THC) लागूऔषध सेवन किटमार्फत परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा लागूऔषध सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई असार ९ गते बागलुङ जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।
त्यस्तै,पक्राउ पर्नेहरूमा गणेश शर्मा, ढाकाराम तिवारी, शंकर शर्मा, विशाल किसान, सुनिल सार्की र अविनास सार्की (सह–चालक) रहेका छन् ।रातोपाटी
