दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा बुधबार मानव अधिकार शिक्षासम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।विद्यालयका प्रधानाध्यापक तथा प्रबन्धक भू-माण्डप केसीको अध्यक्षता तथा लमही नगरपालिकाकी उप–प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
मानव अधिकारप्रतिको चेतना अभिवृद्धि गर्दै विद्यार्थीहरुलाई समानता र समावेशिताका मूल्यमा आधारित सक्रिय नागरिकतर्फ अभिप्रेरित गर्ने मूल उद्देश्यका साथ विद्यालयमा आयोजित कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल लमहीका सदस्य निर्मला चौधरी,डा.रोजिना अधिकारी,विद्यालयका शिक्षक तथा कक्षा ८, ९ र १० का विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।त्यस्तै शिविरमा मानव अधिकारको परिचय,विशेष अधिकार प्राप्त व्यक्तिहरुको प्रेरणादायी सन्देश, विद्यार्थी विचार आदान–प्रदान,समूहगत गतिविधि, सहकार्य र समन्वय,सामूहिक फोटो तथा संस्मरणीय पलहरु,शैक्षिक सामग्री वितरण लगायतका विषय समेटिएका थिए । कार्यक्रमको सहजीकरण एम्नेस्टी इन्टरनेसनल लमहीका निर्देशक सिजन केसीले गरेका थिए ।