
dsbus
gms
Nssbus7
Rbs
Jsbus
Gsbus
Ddhbs
Ssbus
Csbus
Pbu
Amb
Ratbs
Gsl
Bksbus5
दाङ । राजपुर गाउँपालिका-२,मटेरिया स्थित फेमिली प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा यही बैशाख २६ गते शुक्रबारका दिन “विद्यार्थीको चौतर्फी उन्नतिकालागी विद्यालय – अभिभावकबिच अन्तरक्रिया “कार्यक्रम सम्पन्न भएको छ । शैक्षिकसत्र २०८२ को भर्ना अभियानको अन्तिम समयको अवसरमा विद्यालयले उक्त कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रम अभिभावकलाई पायक पर्ने ३ फरक फरक स्थानमा सम्पन्न गरिएको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५, सालभौरी स्थित साधारण नमूना माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको छ । राजपुर गाउँपालिकाले पालिका भित्रका ३२ वटा विद्यालयहरुमा शुल्क हताएर,कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गराएको भएपनि विद्यालयले विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको हो । विद्यालयले विद्यालय मर्मत गर्ने शीर्षकमा कक्षा ६ […]
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूल लमहीले विद्यार्थीको सिकाईका लागी तीनदिने कथा लेखन कार्यक्रम आइतबार सम्पन्न गरेको छ । कथाले समाज बोल्छ भन्ने भनाईलाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यशालाले विद्यालय स्तरमा साहित्यिक अभिरुचि भएका विद्यार्थीहरुलाई कथा लेखनमा उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यालयका ३६ जना विद्यार्थीहरुसँगको तीनदिने […]
दाङ । तुलसीपुरमा शिक्षकलाई धारिलो हतियार प्रहार गरेर फरार रहेका युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, रजौरास्थित हिमाल एकेडेमीको स्कुल प्राङ्गणमा शिक्षक माथि धारिलो हतियार प्रयोग गर्ने युवक पक्राउ परेका हुन् । बैशाख १९ गते बिहान करिब १०:१५ बजे हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि तुलसीपुर उपमहानगरपालिका–४,रक्षाचौर निवासी २१ वर्षीय सुरेश बि.क.ले […]
काठमाडौँ । आजदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ः०० बजेदेखि सुरु भएको परीक्षा ११ः०० बजेसम्म चल्नेछ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । […]
काठमाडौँ । काठमाडौँमा सडक आन्दोलनको सुरुवाती दिनमा शिक्षकहरुको एउटै नारा थियो, कि जितिन्छ, कि बितिन्छ । अर्थात विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक आन्दोलन नछाड्ने अडान थियो । तर, बुधबार सरकारसँग भएको सहमतिपछि भने आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । असार १५ गतेसम्मका लागि शिक्षकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । किनभने असार १५ गते […]
काठमाडौँ । नेपाल शिक्षक महासंघ र प्रहरी बीच आइतबार भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको छ । महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारी मध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते […]
काठमाडौँ । प्रहरीसंग आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था,आम शिक्षा सरोकार समूह तथा आम […]
काठमाडौं । आज नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । उनलाई अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ । एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् । पद तथा […]