Sidha Patra शुक्रबार, जेठ ०९, २०८२

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६,स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा एक दिवसीय दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।विद्यालयको प्रथम सिफ्ट अन्तर्गत कक्षा १ देखि १० सम्म अध्ययनरत करिब ६०८ जना विद्यार्थीहरुको नि:शुल्क दन्त परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल भू-माण्डप केसीले जानकारी दिए । विद्यार्थीको चौतर्फी विकासका लागि शारीरिक स्वास्थ्य अति आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधिमा विद्यालयले निरन्तर अग्रसरता देखाउँदै जाने प्रिन्सिपल केसीले प्रतिवद्धता व्यक्त गरे ।त्यस्तै शिविर कार्यक्रममा डा.रोजिना अधिकारीको नेतृत्वमा लमहीमा रहेको राप्ती डेन्टल केयरको प्राविधिक टोलीद्वारा सञ्चालन गरिएको थियो । परीक्षणका क्रममा विद्यार्थीहरुलाई मुख-स्वास्थ्यका समस्या,दाँत र गिजालाई स्वस्थ राख्ने उपाय तथा नियमित सरसफाइको महत्वबारे समेत जानकारी दिइएको विद्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]