
Csbus
bpmhl
Ssbus
Bksbus5
Lsbus
Ksbus
Jsbus
Rsbus
Ksbus
Ksbus
Nssbus7
Gsl
Bsbus
gms
Ssbus
Ssbus
Gsbus
dsbus
Pbu

Ggd
Asm
Gst
Rgs
Tsm
Ssm
Sbs
Rsb
Bbu
nsb
Vor
Hal
Wsp
Ksm
Rgu
Rgu
Sls
Bbbpu
Pvg

Mks
sab
Ptm
Rpp
Bml
Rmb
Jmb
Gsb
Pls
Abd
Jmb
Syp
bbt
दाङ । देउखुरीको लमही नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९८ करोड १३ लाख ३७ हजार ४ सय ५४ रुपैयाँको बजेट पारित गर्दै शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।
“समृद्ध लमहीको आधार : शिक्षा, कृषि, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासहित सम्पन्न नगरसभामा नगर प्रमुख जोगराज चौधरीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख लक्ष्मी योगीले बजेट प्रस्तुत गरेकी थिइन् । नगर प्रमुख चौधरीले नगरको समग्र विकासलाई केन्द्रमा राख्दै कृषि उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको विस्तार, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुदृढीकरण, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई आगामी वर्षको मुख्य प्राथमिकताका रूपमा अघि सारिएको बताए । उनले नगरलाई उत्पादनमुखी, आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्यअनुसार नीति तथा कार्यक्रम तयार गरिएको उल्लेख गरे ।
त्यस्तै,उपप्रमुख लक्ष्मी योगीले प्रस्तुत गरेको बजेटले नगरवासीको जीवनस्तर उकास्ने, उत्पादन वृद्धि गर्ने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको बताइन् । उनले विकास निर्माणका कार्यक्रमलाई पारदर्शी र उत्तरदायी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक आयतर्फ १९ करोड ९७ लाख ५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य नगरपालिकाको थियो । जेठ मसान्तसम्म ९ करोड ८७ लाख ७२ हजार ५ सय १७ रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको करिब ४९.४५ प्रतिशत मात्र हो । त्यस्तै, चालु आर्थिक वर्षमा कुल ८८ करोड ३१ लाख ७ हजार ९ सय २९ रुपैयाँ बराबरको बजेट प्रक्षेपण गरिएकोमा जेठ मसान्तसम्म ३८ करोड ४४ लाख ७८ हजार ५ सय ७२ रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको ४४.२ प्रतिशत खर्च भएको हो ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले राजस्व संकलन र खर्चको अवस्थालाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै विकास निर्माणका कार्यक्रमलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । प्रमुख प्रशासकिय अधिकृत केसीले सीमित स्रोत साधनका बीच पनि नगरपालिकाले विकास निर्माण तथा सेवा प्रवाहलाई निरन्तरता दिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा राजस्व संकलन बढाउने, खर्च प्रणालीलाई थप व्यवस्थित बनाउने र योजनाको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने बताए । “जनताले अनुभूति गर्ने गरी विकासका कार्यक्रम कार्यान्वयन गर्नु हाम्रो प्रमुख दायित्व हो,” उनले भने, “पुँजीगत खर्च बढाउन तथा समयमै योजना सम्पन्न गर्न कर्मचारी प्रशासन प्रतिबद्ध छ ।”
नगरसभा कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी,पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नगरको विकासलाई थप प्रभावकारी बनाउन कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिएका थिए । नगरपालिकाले आगामी आर्थिक वर्षमा विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तार, कृषि उत्पादन तथा व्यवसायीकरण, पर्यटन क्षेत्रको प्रवर्द्धन, सडक, खानेपानी, सिँचाइ तथा अन्य आधारभूत पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।
त्यस्तै,सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, महिला तथा युवा लक्षित कार्यक्रम र वातावरण संरक्षणका कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ । १९ औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि विकासका प्राथमिकता तय गर्दै समृद्ध, व्यवस्थित र आत्मनिर्भर लमही निर्माणको संकल्प दोहोर्याएको छ । पारित बजेट र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत नगरवासीले प्रत्यक्ष रूपमा विकासको अनुभूति गर्न सक्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।
