
dsbus
Rbs
Ratbs
Bksbus5
Ddhbs
Jsbus
gms
Gsbus
Gsl
Csbus
Pbu
Nssbus7
Amb
Ssbus

Vor
Rgs
Bbu
Rgu
Rgu
Hal
Pvg
Bbbpu
Asm
Tsm
Rsb
Gst
Wsp
nsb
Ksm
Sbs
Ssm
Ggd
Sls

Jmb
Jmb
sab
Bml
bbt
Rpp
Ptm
Rmb
Gsb
Syp
Abd
Pls
Mks
दाङ । गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोरहीको आयोजनामा शनिबार आज ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
सडक दुर्घटना न्यूनीकरण,ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सवारी चालक तथा सहचालकहरुको चेतनास्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले चालक तथा सहचालकहरुलाई ट्राफिक नियम,सडक प्रयोगमा अपनाउनु पर्ने सावधानी,यात्रु सेवा सम्बन्धी जिम्मेवारी र दुर्घटनाका प्रमुख कारणहरुबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रको प्रमुख अतिथी समेत रहेका बमले नेपालमा दिनप्रतिदिन बढ्दै गइरहेको सडक दुर्घटनाको अवस्थालाई नियाल्दा ट्राफिक नियमको पालना गर्नु अत्यावश्यक भएको बताए । “जिम्मेवार चालकले आफैं मात्र होइन, अरुको जीवन पनि सुरक्षित बनाउन सक्छ । त्यसैले ट्राफिक नियमको पालना सबैको कर्तव्य हो,” उनले भने ।
गोरखा ग्रुपका अध्यक्ष घर्ती मगरले यातायात सुरक्षित हुँदा मात्र समाजको गति सही दिशातर्फ अगाडि बढ्ने बताए । “हामी सबै चालक,सहचालक तथा सरोकारवाला निकाय मिलेर ट्राफिक नियमको पालनामा कटिबद्ध भएमा मात्र दुर्घटनामा कमी ल्याउन सकिन्छ।” उनले भने । यस्तै,उनले यस्तो किसिमका जनचेतनामूलक कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा गोरखा ग्रुपका उपाध्यक्ष बालकृष्ण रोका मगरले स्वागत मन्तव्य राख्देै गोरखा स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक सुरक्षा जस्तो गम्भीर विषयमा कार्यक्रम आयोजना गर्नु सकारात्मक प्रयास भएको बताए । कार्यक्रममा गोरखा ग्रुपमा अवद्ध बसचालक तथा सहचालक गरी ५२ जनाको सहभागिता रहेको गोरखा स्कुल घोरहीका प्रिन्सिपल मान सिंह घर्ती मगरले जानकारी दिए ।
गोरखा ग्रुपका (एचआर) डाइरेक्टर उत्तमराज घिमिरेले कार्यक्रम सफल बनाउन योगदान गर्ने अतिथि,प्रशिक्षक, सहभागी तथा व्यवस्थापकहरुलाई आभार व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक बसन्त बहादुर पुनले गरेका थिए ।खोजरफ्तार
