
Csbus
gms
Amb
Jsbus
Ssbus
Gsbus
Gsl
Bksbus5
Ratbs
Ddhbs
Pbu
Rbs
Nssbus7
dsbus

Ssm
Sbs
Rgs
Pvg
Bbbpu
Rgu
nsb
Rsb
Gst
Wsp
Rgu
Asm
Hal
Ksm
Tsm
Ggd
Sls
Vor
Bbu

Mks
Gsb
Pls
sab
bbt
Abd
Rmb
Jmb
Syp
Ptm
Bml
Jmb
Rpp
दाङ । लमही नगरपालिकाको आयोजनामा तथा काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा ३ दिने गणित सशक्तिकरण कार्यक्रम तथा प्रशिक्षण सफलतापूर्वक आईतबार सम्पन्न भएको छ ।
कार्यक्रम जेष्ठ २२ देखि २४ सम्म लमहीमा आयोजना गरिएको थियो । गुरुकुल एकेडेमी,घोराहीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रशिक्षक टोलीमा पौडेलसँगै गणित विषयका अनुभवी प्रशिक्षकहरु मधुसुदन गौतम र तारा आचार्य पनि सहभागी रहेका थिए।
कार्यक्रममा लमही नगरपालिकाका ३१ वटा सामुदायिक विद्यालयका ३१ जना गणित विषयका शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो। सामुदायिक विद्यालयमा गणित विषयको शिक्षण पद्धतिमा सुधार ल्याउने,नविनतम शिक्षण प्रविधि र विधिबारे जानकारी गराउने तथा व्यवहारमा लागु गराउने प्रशिक्षणको उद्देश्य रहेको थियो । समापन समारोह लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो। देवकोटाले सामुदायिक विद्यालयहरुको शिक्षास्तर उकास्न यस्ता तालिमहरु महत्वपूर्ण हुने बताएका थिए ।
कार्यक्रमका मुख्य प्रशिक्षक महेन्द्र पौडेलले सहभागी शिक्षकहरुलाई अभ्यासमूलक कार्यशाला,समूहगत गतिविधि,समस्या समाधान विधि र गणित सिकाइका नवीन दृष्टिकोणहरूमा आधारित सामग्रीहरू प्रस्तुत गर्नुभएको थियो । काठमाण्डौं विश्वविद्यालयसँगको सहकार्यमा सम्पन्न भएको यस कार्यक्रमले भविष्यमा पनि निरन्तरता पाइ सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
त्यस्तै उक्त कार्यशालाले गणित शिक्षकहरुलाई पाठ्यक्रम अनुकूल शिक्षण रणनीति विकास गर्न, विद्यार्थीमा सोच्न सक्ने र बुझ्ने क्षमता अभिवृद्धि गर्न तथा गणित शिक्षालाई प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
