
Gsb
Rsb
gis
Ssb
Ppu
mss
Csb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीको क्रिकेट मैदानमा देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ हुने भएको छ । राप्तीद्वार क्रिकेट फाउन्डेशन राप्ती गाउँपालिका–१ को आयोजना तथा राप्ती गाउँपालिकाको १ लाख ५० हजारको सहयोगमा यही फागुन १९ गतेदेखि क्रिकेट प्रतियोगिता हुन लागेको हो । फाउन्डेशनका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाकाको विरेन्द्र प्राथमिक विद्यालयमा शुक्रबारदेखि एघारौं नाका स्तरीय खेलकुद महोत्सव उद्घाटन भएको छ । नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि थारुले नाका क्षेत्रका विद्यालयको शैक्षिक विकासको लागि […]
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालले चारै खेल जितेको छ । मंगलबार कीर्तिपुरस्थित टियु मैदानमा भएको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेल ९५ बलमा अविजित रहे । १०१ बल खेलेका रोहितले ७ चौका र ४ छक्का प्रहार गरे । […]
विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीकाे आयोजनामा शुक्रबारदेखि स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ तीन दिने वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम लालमटियाकाे टुडिखेलमा शुरु भएको छ।वडाको आर्थिक वर्ष २०८९/०८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार साे खेलकुद कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिनु भएको छ । साे […]
दाङ । राजपुर गाउँपालिकाको समन्वय तथा साधारण नमुना मावि सालभौरीको आयोजनामा संचालित प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे समापन कार्यक्रम सम्पन्न भएको छ ।यहीँ फाल्गुन १ गतेबाट शुरु भएको उक्त प्रतियोगिता बिहीबार समापन गरिएको हो । “एकताबद्ध देश खेलकुदको सन्देश” मुल नाराका साथ संचालित उक्त प्रतियोगितामा पालिका भित्रका १० वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो ।प्रतियोगितामा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा पालिका स्तरीय प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विभिन्न विद्यालयका विद्यार्थीहरुको मार्चपास प्रदर्शन सहित सोमबार देखिसुरु भएको हो ।राजपुर गाउँपालिकाको समन्वय तथा साधारण नमुना मावि, सालभौरीको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले पानसमा बत्ती बाली उद्घाटन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ । ३ दिन सम्म सञ्चालित प्रतियोगितामा सर्वाेदय मावि सिसहनियाँ प्रथम, आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् । यो जित सँगै सर्वाेदय मावि […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबारदेखि सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे दाेस्राे दिन आज विभिन्न खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन्।जस अन्तर्गत आज भएको खेलकुद कार्यक्रममा आधारभूत विद्यालय तर्फ लङजम्प प्रतियोगितामा छात्रा तर्फ सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा […]