
pku
Sgr
Gfs
Lnp
Rgp1
Srbpu
Pes
Ggp
Pbu
Ses
Djs
Unsku
cjs
Rgp

Bbu
Rgu
Ksm
nsb
Hal
Rsb
Sls
Ssm
Gst
Pvg
Bbbpu
Vor
Rgu
Ggd
Tsm
Sbs
Asm
Wsp
Rgs

Rmb
Pls
Bml
Gsb
Abd
Rpp
sab
Ptm
Syp
Jmb
Mks
bbt
Jmb
काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए ।
सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले एसिया कप खेलका लागि आफू फिट रहेको बताए । जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको भन्दै उनले भने, ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कपमा राम्रो गर्ने छौं ।’
त्यस्तै टिमसँग घुलमिल हुन समय नलाग्ने भन्दै उनले एसिया कपमा राम्रो गर्ने विश्वास व्यक्त गरे । नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ । सन्दीपले भने, ‘त्यो खेलमा हार जित भन्दा पनि हामीले उहाँहरुबाट सिक्नसक्ने कुरा महत्वपूर्ण हुनेछ । हामीलाई जति आउँछ, त्यो दिल खोलेर खेल्ने छौं ।’
‘यो खुसीको एउटा पर्व जस्तै हो किनभने हामीले सधैं यस्तो टिमहरुसँग खेल्न पाउँदैनौं’ आगामी दिनमा पनि यस्ता टिमसँग कसरी निरन्तर खेल्ने वातावरण बनाउने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।
