Sidha Patra बुधबार, भाद्र ०६, २०८०

काठमाडौं । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रदान गरिएको छ ।

नेपाली क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रोटोकल प्रदान गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । नेपाली टिम फ्लाई दुबईको विमानमा आज कराँची पुगेको थियो । जहाँ कडा सुरक्षा घेरामा पाकिस्तान क्रिकेट बोर्डका पदाधिकारीले नेपाली खेलाडीलाई स्वागत गरेका थिए । त्यसपछि अघिपछि सुरक्षाकर्मीको स्कर्टिङमा नेपाली टिमलाई होटलमा लगिएको छ ।

सुरक्षाको कारण देखाउँदै १० वर्षसमम्म अन्तर्राष्ट्रिय क्रिकेट टोली पाकिस्तान गएका थिएनन् । सन् २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि पाकिस्तानमा आतंककारी आक्रमण भएको थियो । त्यसको झण्डै १० वर्षसम्म प्रतिस्पर्धी टिमले भ्रमण गर्न नमानेपछि पाकिस्तानले घरेलु मैदानमा खेल्न पाएको थिएन । सन् २००९ पछि एकै पटक सन् २०१९ मा मात्रै श्रीलंकाले पाकिस्तान भ्रमण गरेको थियो । त्यसपछि मात्रै अरु देशले पाकिस्तान गएर खेल्न थालेका छन् ।

त्यस्तै यो वर्षको सुरुमा न्युजिल्याण्डको आतिथ्यता गरेको पाकिस्तानले अहिले घरेलु मैदानमा अफगानिस्तानसँग शृंखला खेलिरहेको छ । कराँचीमा पुगेको नेपालले कडा सुरक्षा घेरामा रहेर एक साता अभ्यास गर्नेछ, त्यस क्रममा नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्ने तालिका छ ।

कराँचीमा अभ्यास सकेर नेपाल घरेलु टिम पाकिस्तानसँग एसिया कप क्रिकेटको पहिलो खेल खेल्न मुल्तान पुग्नेछ । नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०(भदौ १३) मा खेल्नेछ । नेपालले समूह चरण अन्तर्गत पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।

यस्तै एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन । भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुन लागेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]