
cjs
Unsku
Rgp1
Sgr
Srbpu
Gfs
Pes
Pbu
Ses
Ggp
pku
Djs
Rgp
Lnp

nsb
Bbu
Rsb
Bbbpu
Gst
Vor
Asm
Sls
Pvg
Hal
Rgs
Ggd
Ksm
Wsp
Sbs
Ssm
Rgu
Rgu
Tsm

Jmb
Rmb
bbt
Mks
Syp
Bml
sab
Ptm
Gsb
Rpp
Pls
Abd
Jmb
दाङ । लमहीमा जारी मेयरकप क्रिकेट अन्तरगत आईतबार भएको २ खेलमा राप्तीद्वार क्रिकेट फाउण्डेसन र गोरखा स्कुल बिजयी भएका छन ।
जिल्ला स्तरिय लमही मेयरकपको लिगचरणमा तलसीपुर क्रिकेट एकेडेमीलाई ६ रनले पछि पार्दै राप्तीद्वार बिजयी बनेको हो । यसअघि घोराही एकेडेमीलाई पराजित गरेको तुलसीपुरलाई राप्तीद्वारले हराएको हो ।
टस जितेर ब्याटिङ थालेको राप्तीद्वारले २० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर १ सय ३४ रन जोड्यो । उसका लागी पुरुषोत्तम आचार्यले सर्बाधिक ३० रन, अभिषेक खड्काले २९ रन, भुवन गैरेले २७ रनको योगदान दिए । बलिङमा तुल्सिपुरका सुरज केसिले ४ विकेट, निर्मल डांगीले २ विकेट र बिरु चन्दले १ विकेट लिए । १ सय ३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको तुलसीपुरले २० ओभर पूरा खेल्दै मात्र १ सय २८ रन मात्र बनाउन सक्यो । निश्चल रजौरेले २४ रन, मोहन केसी २१ रन, धिरज केसिले १५ तथा विक्रम रोकाले १३ रनको योगदान दिएपनि तुलसीपुरलाई जित दिलाउन भने सकेनन् ।
बलिङमा राप्तिद्वारका विष्णु खत्रीले २ विकेट लिए । पुरुषोत्तम आचार्य म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै सोही दिनको दोस्रो खेलमा गोरखा स्कुल बिजयी बनेको छ । उसले डाँफे युवा क्लबलाई १ सय ४५ रनको फराकिलो अन्तरले बिजयी बनेको हो । टस जितेर ब्याटिङ थालेको गोरखाले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर १ सय ७५ रन जोड्यो । गोरखाका लागि प्रज्वल थापाले ३९ बल खेल्दै १० चौका र २ छक्काको मद्धतले सर्बाधिक ७५ रनको योगदान दिए ।
त्यस्तै प्रमेश केसिले २६ रन, निर्मल गुरुङले २४ रन, अँकित विएमले १६ रन बनाए । बलिङमा डाँफेका दिनेश नेपालीले २ विकेट हात पारे । यस्तै जवाफी १ सय ७६ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको डाँफे युवा क्लब ३० रनमै सिमित हुन पुग्यो । उसका लागि कुनैपनि ब्याट्सम्यानले दोहोरो अँक समेत जोड्न सकेनन् । बलिङमा गोरखाका शुभम खनालले ३.३ ओभरमा ५ विकेट लिए ।
विशाल बिक्रम केसिले ४ ओभरमा ४ विकेट तथा प्रज्वल थापाले १ ओभरमा १ विकेट हात पारे ।गोरखाको यो जित लगातार दोस्रो जित हो । उसले यसअघि मध्यनगर युवा क्लाबलाई पनि हराएको थियो । यो जित सँगै गोरखाले ग्रुप सि मा आफ्नो स्थान सुरक्षित गरेको छ । प्रतियोगितामा प्रज्वल थापा म्यान अफ दि म्याच घोषित भए ।
