टेकबहादुर पुन/जिल्ला ब्युरो सोमबार, आषाढ ०४, २०८०

दाङ । लमहीमा जारी मेयरकप क्रिकेट अन्तरगत आईतबार भएको २ खेलमा राप्तीद्वार क्रिकेट फाउण्डेसन र गोरखा स्कुल बिजयी भएका छन ।

जिल्ला स्तरिय लमही मेयरकपको लिगचरणमा तलसीपुर क्रिकेट एकेडेमीलाई ६ रनले पछि पार्दै राप्तीद्वार बिजयी बनेको हो । यसअघि घोराही एकेडेमीलाई पराजित गरेको तुलसीपुरलाई राप्तीद्वारले हराएको हो ।

टस जितेर ब्याटिङ थालेको राप्तीद्वारले २० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर १ सय ३४ रन जोड्यो । उसका लागी पुरुषोत्तम आचार्यले सर्बाधिक ३० रन, अभिषेक खड्काले २९ रन, भुवन गैरेले २७ रनको योगदान दिए । बलिङमा तुल्सिपुरका सुरज केसिले ४ विकेट, निर्मल डांगीले २ विकेट र बिरु चन्दले १ विकेट लिए । १ सय ३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको तुलसीपुरले २० ओभर पूरा खेल्दै मात्र १ सय २८ रन मात्र बनाउन सक्यो । निश्चल रजौरेले २४ रन, मोहन केसी २१ रन, धिरज केसिले १५ तथा विक्रम रोकाले १३ रनको योगदान दिएपनि तुलसीपुरलाई जित दिलाउन भने सकेनन् ।
बलिङमा राप्तिद्वारका विष्णु खत्रीले २ विकेट लिए । पुरुषोत्तम आचार्य म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै सोही दिनको दोस्रो खेलमा गोरखा स्कुल बिजयी बनेको छ । उसले डाँफे युवा क्लबलाई १ सय ४५ रनको फराकिलो अन्तरले बिजयी बनेको हो । टस जितेर ब्याटिङ थालेको गोरखाले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर १ सय ७५ रन जोड्यो । गोरखाका लागि प्रज्वल थापाले ३९ बल खेल्दै १० चौका र २ छक्काको मद्धतले सर्बाधिक ७५ रनको योगदान दिए ।

त्यस्तै प्रमेश केसिले २६ रन, निर्मल गुरुङले २४ रन, अँकित विएमले १६ रन बनाए । बलिङमा डाँफेका दिनेश नेपालीले २ विकेट हात पारे । यस्तै जवाफी १ सय ७६ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको डाँफे युवा क्लब ३० रनमै सिमित हुन पुग्यो । उसका लागि कुनैपनि ब्याट्सम्यानले दोहोरो अँक समेत जोड्न सकेनन् । बलिङमा गोरखाका शुभम खनालले ३.३ ओभरमा ५ विकेट लिए ।

विशाल बिक्रम केसिले ४ ओभरमा ४ विकेट तथा प्रज्वल थापाले १ ओभरमा १ विकेट हात पारे ।गोरखाको यो जित लगातार दोस्रो जित हो । उसले यसअघि मध्यनगर युवा क्लाबलाई पनि हराएको थियो । यो जित सँगै गोरखाले ग्रुप सि मा आफ्नो स्थान सुरक्षित गरेको छ । प्रतियोगितामा प्रज्वल थापा म्यान अफ दि म्याच घोषित भए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]