
Ggp
Unsku
Rgp1
Pbu
Lnp
Sgr
Rgp
pku
Srbpu

Bbbpu
Rsb
Tsm
Wsp
Sbs
Ksm
Rgu
Asm
nsb
Bbu
Ssm
Gst
Sls
Ggd
Pvg
Vor
Rgu
Hal
Rgs

Pls
Gsb
Ptm
Jmb
Rpp
Abd
Bml
Rmb
Syp
bbt
Jmb
sab
Mks
दाङ । दाङमा समग्र खेलकुदको विकासका लागि विषयगत खेलकुद समितिबीच समन्वयतात्मक भुमिका बढाउनुपर्ने सरोकारवाला निकायहरुले बताएका छन् ।
विश्व खेलकुद पत्रकार दिवसका अवसरमा संचार समुह दाङले आईतबार घोराहीमा आयोजना गरेको दाङमा खेलकुदको अवस्था र मिडियाको भुमिका विषयक अन्तरक्रियामा जिल्लामा रहेका खेलकुद क्षेत्रका प्रतिनिधिले आफुले गर्दै आएका खेलकुदका गतिविधी र यसका आयाम बारे अरुलाई पनि सुसूचित गराउनेदेखि महत्व बुझाउन सबैभन्दा पहिले विषयगत खेलकुद समितिबीच समन्वय र सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
संचार समुह दाङका अध्यक्ष लिलाधर वलीको अध्यक्षता तथा नेपा क्रिकेट संघ लुम्बिनी प्रदेश खेलाडी छनोट समिति संयोजक कैलाश रोका मगरको प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिका नगरस्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा प्रमुख अतिथि रोका मगरले जिल्लामा पत्रकार र मिडिया क्षेत्रबाट खेलकुदका बारेमा सकारात्मक रुपमा रिपोर्टिङ गर्नेदेखि खेलकुदको पूर्वाधार विकासमा बारम्बार खबरदारी गर्ने काम भईरहेको अनुभव सुनाउनुभयो ।
उहाँले पत्रकार र मिडिया हाउसले कुनै पनि खेलकुदको बारेमा मात्रै नभई समग्र खेलकुदको विकास कसरी गर्न सकिन्छ भनेर समान रुपमा अनुसन्धानात्मक रुपमा कलम चलाउन पनि आग्रह गर्नुभयो । घोराही उपमहानगरपालिका नगरस्तरीय खेलकुद विकास समिति संयोजक पुनले स्थानीय सरकारले खेलकुदको विकास र प्रवद्र्धनका लागि जिल्लामै पहिलो पटक नयाँ प्रयास गरिरहेकोमा आफुले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँदै सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो । उहाँले खेलकुदको समग्र विकासका लागि घोराही उपमहानगरले थालेको कामबाट भोलिका दिनमा खेलकुदको संस्थागत विकाससँगै राम्रा खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जिल्लाका अरु पालिकाहरुमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा पार्न र यसको संस्थागत विकासका लागि समिति गठन गर्ने वातावरण बनाउन मिडियाले पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले क्रिकेटमा अप्ठ्यारो परिस्थितिमा मिडियाले सकारात्मक भुमिका खेलेको बताउनुभयो । जसका कारण जिल्लाको क्रिकेट विकासमा टेवा पुगेको र सकारात्मक उर्जा मिलेको बताउनुभयो । खेलकुदका गतिविधि लेख्ने बिट बनाउन सके अझ प्रभावकारी हुने बताउँदै यसका लागि पत्रकार महासंघ र मिडिया हाउसले सोँच्नुपर्ने बताउनुभयो । सरोकार राख्नेहरुको बारेमा पनि खोज अनुसन्धान गरि खेलकुदको खोजमुलक समाचार मिडियाले उठान गर्नुपर्ने बताउनुभयो । बास्केट बल संघ दाङका अध्यक्ष बिपिन केसीले मिडिया र बास्केट बल संघ बीच विगतमा समन्वय हुन नसकेको बताउनुभयो ।
जसले गर्दा आफुहरु नै पछि परेको बताउँदै एक आपसमा समन्वय गरेर अघि बढेमा समस्या नहुनेमा जोड दिनुभयो । एक अर्कालाई चिन्ने वातावरण विगतमा नरहेको हुँदा अबका दिनमा एक अर्कालाई चिन्नु पर्ने उल्लेख गर्नुभयो । आईटीएफ तेक्वान्दो संघ दाङका अध्यक्ष भीमबहादुर थापाले आईटीएफलाई स्थानीय सरकारले कम वास्ता गरेको गुनासो गर्नुभयो । ३ सय खेलाडी रहेको घोराहीमा बजेट नपर्नु दुखद रहेको बताउँदै विधागत रुपमा सबै खेलाडी समेटेर अघि बढ्न नगरस्तरीय खेलकुद विकास समितिलाई अपिल गर्नुभयो । जिल्ला फुटबल संघ उपाध्यक्ष अशोक घर्तीले दाङमा खेलको वातावरण अझै बन्न नसकेको बताउँदै यसका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
एन्फा रेफ्री विनोद बिकले खेलकुदका गतिविधी बारे जानकारी गराउने काममा मिडियाको भुमिका अहम् रहेको बताउनुभयो । अब खेलसँगै खेल पूर्वाधारमा पनि मिडियाले ध्यान दिन जरुरी रहेको सुझाव दिनुभयो । पत्रकार सन्तोष दहितले जिल्लामा रहेका खेलकुद समितिले आफ्ना गतिविधि बाहिर ल्याउन मिडियासँग समन्वय गर्न जरुरी रहेको बताउनुभयो ।
नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य दिनेश आचार्यले आगामि दिनमा खेलका कार्यक्रम खेलकुद र पत्रकार बिच सम्बन्ध अझ बलियो बनाउन नियमित संवादको वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो । जिल्लाका सबै स्थानीय तहमा खेलकुद विकास समिति गठन गरि खेलकुदको विकासमा लाग्ने वातावरण बनाउन लाग्नुपर्ने उहाँको धारणा थियो ।
जिल्ला खेलकुद महासंघ जिल्ला अध्यक्ष अभिषेक बुढाले जिल्लामा अहिले पनि थुप्रै खेलकुद ओझेलमा परेको हुँदा उजागर गर्न अब सबैको ध्यान जानुपर्ने बताउनुभयो । खेलाडी सुनिता बिष्टले हाल उपलब्ध खेल पूर्वाधारको अधिकतम प्रयोग गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । कतिपय पूर्वाधारमा एकाधिकार हुने गरेको बताउँदै उहाँले सबैको साझा थलोका रुपमा निर्माण गरिएका खेल पूर्वाधारको प्रयोग गर्ने वातावरण बनाउन मिडियाले उजागर गर्नुपर्ने अपेक्षा गर्नुभयो ।

