टेकबहादुर पुन/जिल्ला ब्युरो शनिबार, आषाढ ०२, २०८०

दाङ । लमहीमा जारी जिल्ला स्तरिय मेयरकप क्रिकेट प्रतियोगितामा शनिबार भएको दोस्रो खेलमा गोरखा स्कुल बिजयी भएको छ ।

मध्यनगर युवा क्लबलाई ७ विकेटले हराउँदै गोरखा स्कुल बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको मध्यनगरले १७ ओभर २ बलमा सबै विकेट गुमाएर ९४ रन बनाउन सक्यो । मध्यनगरलाई सस्तैमा समेट्न गोर्खाका शुभम खनालले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट हात पारे ।

त्यस्तै निर्मल गुरुङ र विशाल बिक्रम केसीले समान २-२ विकेट लिए भने राज कुमार कुमाल र जीवन खनालले १-१ विकेट हात पारे । मध्यनगरको योगफल तयार गर्न सन्जय कुमालले सर्बाधिक ३ चौकाको मद्धतले २२ रन बनाए । सबिन महरले १३ रन र शिशिर केसीले ११ रन बाहेक अन्यले दोहोरो अंक समेत जोड्न सकेनन् ।

यस्तै ९५ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको गोरखाले १४ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । गोरखालाई जित दिलाउन प्रज्वल थापाले ४५ बलमा १० चौका प्रहार गर्दै ६० रन बनाए । अँकित विएमले १४ रन जोड्दै अबिजित रहे भने प्रमेश केसिले ११ रन जोडे ।

वलिङमा मध्यनगरका शिशिर केसीले २ र सुरज जिएमले १ विकेट हात पारे । प्रतियोगितामा शुभम खनाल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा जिल्लाका ११ टिमले सहभागी जनाएका छन । लिग सिस्टममा खेल भईरहेको आयोजक ब्रेन स्ट्रोमिङ इभेन्ट्सका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]