
Srbpu
Pes
Sgr
Djs
Lnp
Ggp
Ses
Gfs
cjs
Rgp
Rgp1
Pbu
pku
Unsku

Sls
Rgu
Tsm
Bbu
Ggd
Rgs
Ssm
Pvg
Gst
Sbs
Wsp
Rgu
Asm
nsb
Hal
Ksm
Bbbpu
Vor
Rsb

Jmb
Mks
Rmb
Gsb
Ptm
Jmb
Bml
sab
Pls
bbt
Rpp
Syp
Abd
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीहरुलाई सम्मानदेखि बिदा दिनेसम्मको घोषणा गर्न स्थानीय सरकारहरु एकपछि अर्को थपिएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । नगरपालिकाले भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई जनही एक–एक लाख सहित सम्मान गर्ने निर्णय गरेको हो ।
धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षले कुनै खेलाडीले भारतविरुद्ध अर्धशतक हानेमा ५० हजार, शतक लगाएमा १ लाख र ह्याट्रिक गरेमा ५० हजार दिने घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले व्यक्तिगत रुपमा पुरस्कार उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यस्तै केही व्यक्ति र संस्थाहरुले पनि उत्कृष्ट प्रदर्शन गर्नेलाई राशीसहित पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
क्रिकेट हेर्न बिदाको घोषणा
केही स्थानीय तहले २ बजेदेखि सार्वजनिक विदा दिएका छन् भने केहीले विद्यालयहरु बिदा गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगिता हेर्न सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ । क्रिकेट हेर्नकै लागि महानगरपालिकाअन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने सूचना महानगरका अधिकृत हरि राउतले जारी गरेका हुन् । सूचनामा भनिएको छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरु वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ । ’
यस्तै धनुषाको जनकपुर उपमहानगरपालिकाले २ बजेदेखि सबै सार्वजनिक र संस्थागत विद्यालयहरुलाई क्रिकेट हेर्नको लागि बिदा दिएको छ । रौतहटको गौर नगरपालिकाले पनि २ बजेदेखि सबै विद्यालय बिदा दिएको छ ।अनलाइनखबर
