Sidha Patra सोमबार, भाद्र १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीहरुलाई सम्मानदेखि बिदा दिनेसम्मको घोषणा गर्न स्थानीय सरकारहरु एकपछि अर्को थपिएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । नगरपालिकाले भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई जनही एक–एक लाख सहित सम्मान गर्ने निर्णय गरेको हो ।

धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षले कुनै खेलाडीले भारतविरुद्ध अर्धशतक हानेमा ५० हजार, शतक लगाएमा १ लाख र ह्याट्रिक गरेमा ५० हजार दिने घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले व्यक्तिगत रुपमा पुरस्कार उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यस्तै केही व्यक्ति र संस्थाहरुले पनि उत्कृष्ट प्रदर्शन गर्नेलाई राशीसहित पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

क्रिकेट हेर्न बिदाको घोषणा

केही स्थानीय तहले २ बजेदेखि सार्वजनिक विदा दिएका छन् भने केहीले विद्यालयहरु बिदा गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगिता हेर्न सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ । क्रिकेट हेर्नकै लागि महानगरपालिकाअन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने सूचना महानगरका अधिकृत हरि राउतले जारी गरेका हुन् । सूचनामा भनिएको छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरु वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ । ’

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिकाले २ बजेदेखि सबै सार्वजनिक र संस्थागत विद्यालयहरुलाई क्रिकेट हेर्नको लागि बिदा दिएको छ । रौतहटको गौर नगरपालिकाले पनि २ बजेदेखि सबै विद्यालय बिदा दिएको छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]